मेयर शाक्यद्वारा चाबहिल चोकमा निर्मित आकाशे पुलको उद्घाटन



काठमाडौं । काठमाडौंको चाबहिल चोकमा निर्मित आकाशे पुल बुधबारदेखि संचालनमा आएको छ । आकाशे पुलको काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले बुधबार उद्घाटन गरेका छन् ।

आकाशे पुलका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको छ । २०७६ माघ ९ गते पुलको शिलान्यास गरिएको थियो । निर्माणको जिम्मा कान्छामान निर्माण सेवाले पाएको थियो ।

१ करोड २१ लाख ३३ हजार ८४३ रुपैयाँ लागत अनुमान गरिए पनि कान्छामान निर्माण सेवाले ८२ लाख ६६ हजारमा निर्माण कार्यको कबोल गरेर जिम्मेवारी पाएको थियो । आकाशे पुल बनेपछि चाबहिलको व्यस्त चोकमा बाटो काट्न सहज भएको छ ।

योसँगै वडा नम्बर आठको जयबागेश्वरीमा पनि आकाशे पुल निर्माण भइरहेको छ । महानगरका मेयर शाक्यकाअनुसार मित्रपार्कबाट पशुपति जाने क्षेत्रका स्थानीयले पनि यस्तै पुल निर्माण गराउन माग गरेका छन् । यो आवश्यकता पनि हो । उनले माइतीघर मण्डला क्षेत्रको पुल तयार भइसकेको र यो बर्ष अन्य ठाउँमा पनि आकाशे पुल निर्माण गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहलगाममा भएको आतंकवादी आक्रमण ‘वसुधैव कुटुम्बकम्’ को आदर्श विपरीतको अपराध कर्मः पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणप्रति गहिरो

सहकारी ठगीमा कांग्रेस सांसद माया राई पक्राउ

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन् । प्रहरीले शनिबार

वर्तमान समयमा लोकप्रियतावाद हावी भयो, यसले सत्य थाहा हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्रले मुलुकमा केही भएन भन्ने भाष्यलाई चिर्दै

नेपाल जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतङ्कवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं  । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतङ्कवादको विपक्षमा रहेको बताएकी