घरमा आगलागी हुँदा धरानमा आमाछोरीको मृत्यु



धरान । सुनसरीको धरानस्थित सिद्धकाली चोकको नजिक नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । आगलागीबाट श्रेष्ठकी ८७ वर्षीया आमा धनमाया श्रेष्ठ र सुस्त मनस्थितिकी ५७ वर्षीया बहिनी सीताको जलेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले दुई जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

आगलागीबाट माथिल्लो तला काठले बनेका कारण पूर्ण रूपमा जलेको थियो । धरानका दुई दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइसके पछि मात्रै उनीहरूको जलेर मृत्यु भएको पुष्टि भएको हो ।

प्रहरीले विद्युत् सर्ट भएका कारण आगलागी भएको अनुमान गरेको छ । नरबहादुर भने उक्त घरमा नबसी नयाँ घरमा सरेका थिए । आमा र बहिनीमात्रै घरमा बस्दै आएका थिए । छोरासमेत धनकुटा गएकाले घरमा वृद्धा आमा र बहिनी मात्रै रहेका थिए ।

 

 

तस्बिरः महेश्वर राइकाे फेसबुक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’

काठमाडौं । नेपाली रैथाने गाई संरक्षणका लागि पञ्चगव्यमा आधारित औषधिजन्य प्राकृतिक उत्पादन गर्न

पर्यटकको रोजाइमा गुल्मीको विचित्र गुफा

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको

संरक्षणको पर्खाइमा मुस्ताङको सेकुङ ताल

मुस्ताङ । यहाँको थासाङ गाउँपालिका–२ स्थित सेकुङ ताल संरक्षणको पर्खाइमा छ । ताल

हिमाली याकचौँरीपालन सङ्कटमा

मुस्ताङ । मुस्ताङको थासाङ–२ घट्टेखोलास्थित हिमालयन याक नाकपालन उपसमितिका सदस्य एवं वडासदस्य भीमप्रसाद