यसकारण गर्नुपर्छ बाल गृहको अनुगमनमा कडाई
काठमाडौं । अधिकारकर्मीहरुले बाल गृहको अनुगमनका कडाई गर्न सरकारसँग माग गरेका छन् । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बाल अधिकारकर्मी गौरी प्रधानले संवैधानिक व्यवस्था अनुसार बाल अधिकारको संरक्षण सुनिश्चित हुनेगरी बनेको ऐन, नियम र कानुनको प्रभावकारी कार्वान्वयनका लागि पनि सरकारले बाल गृहको अनुगमनमा कडाई गर्नुपर्ने बताएका हुन् ।
उनले नेपालले लैगिंक समानताको दृष्टिकोणबाट भने बाल अधिकारको क्षेत्रमा प्रगति गरेको मान्नुपर्ने बताए । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले बाल अधिकारको संरक्षणका लागि प्रदेश र स्थानीय तहको सरकारले पनि उत्तिकै ध्यान दिन जरुरी रहेको बताए ।
उनले बाल अधिकारसँग सम्बन्धित संघ, संस्थाहरुले पनि दीगो विकास लक्ष्य हासिल हुने गरी बाल अधिकारको क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिए ।