भीमफेदी कारागारबाट कैदी फरार



हेटौंडा । मकवानपुरको भीमफेदी कारागारबाट गएराति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका एक कैदी फरार भएका छन् । कारागार प्रशासनका अनुसार ३० वर्षका कुलदीपराज धामी फरार भएका हुन् ।

कारागारका प्रमुख जेलर प्रकाश खनालले पर्खालको केही सानो भागमा ग्याप रहेको र त्यहाँ तार तानिएको भेटिएकाले धामी त्यहीबाट भागेको हुनसक्ने अनुमान गरेका छन् ।

धामीको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा २० वर्ष जेल तोकिएका धामीले पाँच वर्षदेखि सजाय काटिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल-भारत सीमामा कडाइः कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

बैतडी । कोरोना संक्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क

समाजवाद उन्मुख देशका मानिस आफ्ना खर खाँचोको लागि किन मिटरब्याजी समक्ष ऋण लिन जान्छन् ?

केशवप्रसाद भट्टराई । १. हामीसँग स्थानीय र प्रदेश सरकार पनि छन् तर उखु

दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन

मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले उच्चस्तरीय आयोग गठन गर्ने

काठमाडौं । सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि न्यायिक अधिकारप्राप्त उच्चस्तरीय आयोग गठन