अधिकृत क्याडेटमा सर्वाेत्कृष्ट नतिजा सहित नाम निकाल्न सफल विद्यार्थीलाइ डिक्यानद्वारा बधाई तथा सम्मान



 

नेपाली सेनाको सिं.स.६१ अधिकृत क्याडेटमा नाम निकाल्न सफल उम्मेदवारहरूलाइ डिक्यानले बधाई तथा सम्मान कार्यक्रम आयाेजना गरेकाे छ । सर्वाेत्कृष्ट नतिजा सहित एक नम्बरमा नाम निकाल्न सफल विद्यार्थी संगिता धामी सहित डिक्यानमा प्रशिक्षण लिइ सफल हुने विद्यार्थीहरूलाई बधाई तथा सम्मान गरेकाे हाे । कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानसेनापति रूकमांगद कटवाल लगाएत नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीका अवकाश प्राप्त विशिष्ट व्यक्तिहरू साथै सफल विद्यार्थीहरूकाे उपस्थिति रहेकाे थियाे ।

मेराे सबैभन्दा ठुलाे कमजाेरी अगाडि गएर बाेल्नु थियाे । जब डिक्यानमा प्रशिक्षण लिन थालेँ यहाँ प्रशिक्षण दिने जर्साबहरूकाे गाइडेन्सले म आज यसरी निर्धक्क भएर बाेल्न सकेकि छु । एक नम्बरमा नाम निकाल्न सफल विद्यार्थी संगिता धामी भन्छिन्, डिक्यान मेराे परिवार भएकाे छ । लकडाउनकाे समयमा विहान देखि रातिसम्म आफुले गरेकाे निरन्तर प्रयासले आज आफु याे स्थान हासिल गर्न सफल भएकाे बताउँछिन ।

कार्यक्रममा बाेल्दै पूर्व प्रधानसेनापति कटवालले राष्ट्र सेवा प्रति उत्प्रेरित भएर सेनाकाे अधिकृतमा प्रवेश गर्ने भाइबहिनिहरूमा याे देशकाे लागि मैले के दिन सक्छु ? भन्ने भावनाकाे विकास अहिलेबाट नै हुन जरूरी भएकाे बताए । सधैँ म गर्न सक्छु, हामी गर्न सक्छाैँ भन्ने सकारात्मक साेच र उर्जाका साथ निरन्तर लाग्नुपर्ने बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी बलका पूर्व प्रमुख शैलेन्द्र कुमार श्रेष्ठ, नेपाली सेनाका पूर्व जनरलहरू भरत बहादुर रायमाझी, हेमकर शमशेर जबरा, पूर्व प्रहरी वरिष्ठ उपरिक्षक तथा संस्थाका अध्यक्ष गुप्त बहादुर श्रेष्ठ, संस्थाका कार्यकारी निर्देशक डा. राजेन्द्र के.सी. लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

नेपाली सेनामा रिक्त अधिकृत पदपुर्तिका लागि २०७६/१०/२३ गते गोरखापत्रमा प्रकाशित विज्ञापन नम्बर ०७६/७७/५३ अनुसार सिं.स. ६१ अधिकृत क्याडेटको छनौटको अन्तिम नतिजामा १ सय २ जना उर्तिण भएका थिए ।

संस्थाले पछिल्लो समय नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्राविधिक र अप्राविधिक तर्फका सम्पूर्ण पदहरुको लागि जागिर खान इच्छुक तथा योग्यता पुगेका क्षमतावान युवाहरुलाई शारीरिक अभ्यास, लोक सेवा आयोगद्वारा लिइने लिखित परीक्षा, व्यक्तित्व विकासका साथै अन्तर्वार्ताको लागि प्रशिक्षण दिँदै आएको छ ।

विगतमा सुरक्षा निकायका विभिन्न पदहरु सैनिक अधिकृत, इन्स्पेक्टर, अनुसन्धान अधिकृत, असई, सैन्य, जवान लगायत अन्य पदहरुमा हजारौँको संख्यामा युवाहरुलाई सेवा प्रवेश गराउन सफल भइसकेको छ ।

साथै पछिल्लो पटक सैनिक स्टाफ कलेज तयारी कक्षा, स्याट, प्रि–स्याट लगायतका व्यवसायिक कोर्ष पनि गराउँदै आएको छ । पिछडिएको क्षेत्र, महिला, मधेसी, जनजाति, दलित साथै आर्थिक रुपमा विपन्न वर्गहरुलाई विशेष छात्रवृत्तिको व्यवस्था गरि वढी भन्दा वढी युवाहरुलाई प्रशिक्षण गराउँदै आइरहेको छ ।

सुरक्षा निकायमा सेवा प्रवेशको लागि चारवटै सुरक्षा निकायका पूर्वप्रमुखहरु तथा बरिष्ठ अधिकारी समेतको प्रयासमा एउटा सेवामुखी र व्यवसायिक संस्थाको रुपमा डिक्यानको स्थापना गरिएको हो । यहाँ अनुभव प्राप्त नेपाली सेना, प्रहरीका अवकाश प्राप्त उच्च अधिकारीहरु, लगायत अनुभवी विषय विज्ञहरुद्वारा सेवा प्रदान गरिने हुँदा यसले विद्यार्थीहरुमा उच्च मनोबल बनाउँछ । विगतका वर्षहरूमा यहाँ अध्ययन गरि छनौट परीक्षामा सहभागी हुने विद्यार्थीले उच्च स्थान हासिल गर्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मानविकी अध्ययन गर्नेलाई सिनास वृत्ति

  काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसअन्तर्गत मानविकी सङ्कायमा अध्ययनरत विद्यार्थीले शोधकार्यका लागि

दलमा आवद्ध शिक्षकलाई कारबाही गर्ने शिक्षामन्त्रीको तयारी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा

ढकाल र जोशी एआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ