सोमबारदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र राष्ट्रिय युवा परिषद् नेपालको संयुक्त पहलमा काठमाडौँमा सोमबारदेखि तीनदिने अन्तर्राष्ट्रिय युवा सम्मेलन हुँदैछ ।

‘समृद्धिका लागि अनुसन्धान र नवप्रवर्तन’ भन्ने मूल नाराका साथ विदेशमा रहेका २० देशबाट कार्यक्रममा युवा वैज्ञानिकले भाग लिने भएका छन् । विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा लागेका युवाहरुमा भएको ज्ञान, अनुभव, सीप र क्षमताको आदनप्रदान गर्न करीब ३०० जना स्वदेश तथा विदेशमा रहेका युवा वैज्ञानिकले सम्मेलनमा भाग लिने तयारी अघि बढेको नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले जानकारी दिए ।

मुलुकलाई समृद्धितर्फ लैजान युवा वैज्ञानिकले समाजमा कस्तो भूमिका खेल्नुपर्छ भन्ने विषयक व्यापक छलफल हुने बताइएको छ । सम्मेलनमा उपस्थित युवा वैज्ञानिकले १८ वटा मुख्य विषयमा आफ्नो भनाइ राख्ने, लगभग १५० विषयमा कार्यपत्र प्रस्तुत गर्नेलगायत विज्ञान, प्रविधिक विषयक १० वटा प्रदर्शनी कक्ष रहेने बताए ।

नाष्टका अनुसार सो सम्मेलन छलफलहरु हुने समाजका लागि विज्ञान, समृद्धिका लागि नवप्रवर्तन, संस्थागत सुधार, विज्ञानमा लगानी, पूर्वाधार विकास, सुरक्षाको लागि विज्ञान तथा विज्ञान, प्रविधि र नवप्रवर्तनमा युवाको सहभागिता, विज्ञानमा कूटनीतिक प्रयोग, विज्ञान, प्रविधि र नवप्रवर्तनको नीति निर्माण, विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि शैक्षिकलगायत विषयमा हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रिलायन्समा दुई दिने विज्ञान प्रदर्शनी आयोजना

काठमाडौं । काठमाडौंको चाबहिल सरस्वतीनरस्थित रिलायन्स इन्टरनेशनल एकेडेमीले दुई दिने विज्ञान प्रदर्शनी आयोजना

बायोमेडिकल ईन्जिनियरिङ्ग के हाे ? नेपालमा यसकाे अवस्था र आवश्यकता ।

ईन्जिनियरिङ्गका विभिन्न प्रविधिहरु प्रयोग गरेर मेडिकल समस्याहरु पहिचान तथा समाधान गर्ने विषय नै

ढिकी जाँतोदेखि रकेटसम्म, कीर्तिपुरमा बन्दैछ ‘साइन्स सिटी’

काठमाडौं । ढिकीमा कहाँनेर मान्छेले बल लगाउँछ ? कहाँनेर गुरुत्व बल लाग्छ र

विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न रिलायन्स एकेडेमीमा दुई दिने विज्ञान प्रदर्शनी

काठमाडौं । काठमाडौंको चाबहिलस्थित रिलायन्स इन्टरनेशनल एकेडेमीमा दुई दिने विज्ञान प्रदर्शनी आयोजना गरिएको