उपेन्द्र यादवको संयोजकत्वमा जसपाद्वारा २१ सदस्यीय मस्यौदा तयारी समिति गठन



काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजको मस्यौदा तयार गर्न समिति गठन गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा २१ सदस्यीय राजनीतिक प्रतिवेदन मस्यौदा समिति गठन गरेको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं सङ्गठन विभाग प्रमुख राजेन्द्र प्रसाद श्रेष्ठको संयोजकत्वमा २३ सदस्यीय पार्टी नीति तथा कार्यक्रम मस्यौदा समिति गठन भएको छ ।

यसैगरी आसन्न महाधिवेशनको लागि आर्थिक स्रोत व्यवस्थापन गर्न पार्टीका कार्यकारिणी सदस्य विजयकुमार यादवको संयोजकत्वमा छ सदस्यीय आर्थिक स्रोत व्यवस्थापन समिति गठन भएको पार्टीले जनाएको छ ।

पार्टी विधान २०८० को धारा ९७ अनुसारको केन्द्रीय विभाग र धारा ९९ अनुसारका पार्टी संयन्त्र गठन, पुनर्गठन, अध्यावधिक र सदस्य सङ्ख्या थप गरी जिम्मेवारी बाँडफाँट गरिएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नवनियुक्त शिक्षामन्त्री भन्छन्-भर्खर मन्त्रालयको जिम्मेवारी लिएको छु, शिक्षा क्षेत्रकाबारेमा जानकारी लिएर अघि बढ्छु

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पदबहाली गरेका छन् ।

देशमा नेकपा एमाले छ, युवा निराश हुन आवश्यक छैनः महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपाली जनतालाई खुसी बनाउने र राष्ट्र

आधारभूत कुरा पूरा गर्न नसके सरकारबाट बाहिरिन्छौंः महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताको कुरा गर्दा वेवास्ता गरे कांग्रेस

लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छः ः शशांक कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट