काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । मिस्रीले बुधबार परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग भेट गरेका हुन् ।
भेटका क्रममा नेपाल–भारतबीचको बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने तथा दुई देशबीच रहँदै आएको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसक्रममा दुवै पक्षले आपसी सम्बन्ध र सहकार्यका विविध पक्षबारे विचार आदानप्रदान गरेका थिए । विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री बालेन साहको भारत भ्रमणको तयारीका सिलसिला अन्तर्गत भएको हो ।

प्रतिक्रिया