काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार सुन तोलामा ६ सय रुपैयाँले बढेको हो । आज सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।
मंगलबार सुन तोलाको २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा २० रुपैयाँ घटेको छ । मूल्य घटेसँगै चाँदी तोलामा ३ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया