काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्री काठमाडौँ आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी बुधबार नेपाल आएका हुन् ।
विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री बालेन साहको भारत भ्रमणको तयारीका सिलसिला अन्तर्गत भएको हो । भ्रमणका क्रममा परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिस्रीबीच द्विपक्षीय छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया