चीन भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमण सकेर शनिबार स्वदेश फिर्ता भएका छन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड उतैबाट असोज ६ गते चीन पुगेका थिए ।

उनी शनिबार छेन्दुबाट काठमाडौं फर्किएका हुन् । चीन भ्रमणमा द्विपक्षीय भेटवार्तापछि विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर भएको थियो । त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीलाई सरकारका मन्त्री र उच्च पदस्थ कर्मचारीहरूले स्वागत गरेका छन् ।

छेन्दुबाट प्रस्थान गर्दा सिचुवान प्रान्तका भाइस गभर्नर, नेपालका लागि चिनियाँ राजदूतलगायतले बिदाइ गरेका थिए । उनको भ्रमण दलमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, खानेपानीमन्त्री महिन्द्र राय यादव, प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिव, निजी क्षेत्रका तर्फबाट छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित अन्य व्यवसायी तथा सदस्य थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जलवायु परिवर्तन सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८

देशमा सुशासन, रोजगारी र गुणस्तरीय शिक्षा दिन सकिएको छैन : अध्यक्ष ओली

बैतडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन कायम हुन नसकेको

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सहमहामन्त्रीमा सुमना श्रेष्ठ चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा स्वर्णिम वाग्ले मनोनयन भएका छन् । महोत्तरीको

कोप-२८ मा नेपालले लाभ लिने परिस्थिति सृजना गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिष्टाचार भेट गरेका छन्