नागरिकतासम्बन्धी अध्यादेश रोकेर सर्वोच्चले गलत गर्योः अध्यक्ष ठाकुर



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकतासम्बन्धी अध्यादेश रोक्दा नागरिकता सम्बन्धी समस्या भयावह हुने बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवको सम्मानमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष ठाकुरले सर्वोच्चको आदेशप्रतिष् रुष्ट बनेका हुन् ।

अध्यक्ष ठाकुरले अध्यादेश पनि कानुन नै भएकाले सर्वोच्च अदालतले रोक्नु गलत भएको बताए । उनले ३ वर्षदेखि नागरिकता सम्बन्धी विधेयक संसदमा अड्किएको उल्लेख गर्दै संसदले नागरिकता सम्बन्धी विषयमा निर्णय गर्न नसकेको बताए ।

नागरिकताको अभावमा नागरिकहरु रोजगार, शिक्षा, व्यापार व्यवसायका लागि र विदेश जान समस्या भएको भन्दै राज्यको सेवा सुविधाबाट वञ्चित हुनुपरेको उनले बताए । उनले नवनियुक्त मन्त्रीहरुलाई आपसमा समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् ।

उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महताले जसपालाई देश र जनताको सेवा गर्ने अवसर प्राप्त भएकाले देश र जनताप्रति समर्पित भावले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विपद्का बेला सरकार मेरो साथमा सरकार छ भन्ने अनुभूति दिलाउन सकेन

काठमाडौं ।  नेकपा एमालेका नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त

‘एमालेको गौरव जोगाउने हो भने व्यापारीको सहयोग लिएर पार्टी कार्यालय निर्माण गर्ने यो गलत निर्णय सच्याउनैपर्छ’

काठमाडौं । नेकपा एमालेकी नेतृ बिन्दा पाण्डेले व्यापारीको सहयोग लिएर पार्टी कार्यालय बनाउने

कृषिमन्त्री अधिकारी इटाली प्रस्थान

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी विश्व खाद्य मञ्चको बैठकमा

राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान(फोटोफिचर)

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दुहरुको महान् चाड विजयादशमीका अवसरमा सर्वसाधारणलाई टीका