मन्त्रिपरिषद विस्तारपछि महेश बस्नेतले भने-पटक-पटक अग्नि परीक्षामा होमिन तयार छु



महेश बस्नेत ।
मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठूलो बिषय कहिले बनेन् । पार्टी नीति , नेतृत्व र निर्देशन सदैब पालना गरेर अगाडि बढेको छु । परिभाषित काममा सदैब आफ्नो दक्षता देखाएको छु । पार्टी भित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाव र दबाब पर्ने गरी काम गरेको छु । आफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभरको एमाले कर्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको छु ।

पटक पटकको मन्त्रिमण्डलको पुनर्गठनमा मेरो नाम व्यापक चर्चा हुने गर्दछ । मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुँदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ । हो, मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन् । मेरो विरोधी साथीहरुलाई म झन् धेरै धन्यवाद दिन चाहन्छु । जसको कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु। त्यो नै मैले सिकेको सिकाइ हो र उपलब्धि पनि !

कतिपय मिडियाले मेरो नाम जोडेर म आक्रोशमा छु । गुट फेर्दैछु जस्ता समाचार लेखिरहेका छन्। त्यस्तो भ्रममा कोही नपरौं म जहाँ छु त्यहीँ रहनेछु र म जे छु त्यही छु पद नपाउँदा बिचलनमा आउने मेरो कुनै अवसरवादी चरित्र छैन र हुने पनि छैन । म अझै जोस जाँगर र उर्जाका साथ लाग्नेछु । मेरो राजनैतिक जीवनमा मैले विकास गर्न खोजेको नयाँ अभ्यास र संस्कार समय क्रममा थप पुष्टि हुनेनै छ । पटक, पटक अग्नि परीक्षामा होमिन तयार छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार