संविधानको प्रजातान्त्रिक अस्तित्व समाप्त पार्ने प्रयास निन्दनीयः अध्यक्ष लोहनी



डा. प्रकाशचन्द्र लोहनी ।
१) नेपालको संविधान प्रधानमन्त्री र राष्ट्रपतिको लागि खेलौना भएको छ । अर्थात् आफ्नो इच्छा अनुसार भत्काउने र इच्छा अनुसार जोड्ने ।

२)राष्ट्रपतिले संविधानको धारा ७४को उपधारा ४ लाई नजरअन्दाज गरेर ओली सरकारले पेश गरेको प्रस्तावलाई स्वीकार गरेर संविधानमा स्पष्ट लेखिएको सरकार निर्माण प्रक्रियालाई भत्काइयो । यो स्पष्ट रुपमा असंवैधानिक कदम हो ।

३) प्रजातन्त्रमा दलहरुको लागि निर्वाचन समान्य विषय हो । तर एउटा असंवैधानिक कदमको आडमा गरिएको संसद विघटन अर्को असंवैधानिक कदम हो ।

४) कोभिडको मारमा परेका जनता घरबाट निस्कन नसक्ने अवस्थाको सत्ता स्वार्थको पक्षमा उपयोग गरेको स्पष्ट छ । अब एउटा झुट छोप्न अरु अनेकौं झुट र अन्याय को श्रृङ्खला सुरु भएको छ । यो संविधानको प्रजातान्त्रिक अस्तित्व समाप्त पार्ने प्रयास निन्दनीय छ ।

५)हालसम्मको देशमा संविधानलाई पार्टी र व्यक्तिको खेलौना बनाउने अधिनायकवाद उन्मुख नेपालको राजनैतिक यात्रामा राष्ट्रप्रमुखको रुपमा संविधान भित्रको राजसंस्था नेपालमा प्रजातन्त्र र देश वचाउन कति आवश्यक छ भन्ने अब झन् स्पष्ट भएको छ । यदि संविधान भित्रको राजसंस्था आज देशमा भएको भए यो राजनैतिक दुरदशाको अवस्था हामी पुग्ने थिएनौं । यो यथार्थतालाई अब दलहरुले वुझ्ने कि नवुझ्ने ?
संविधान भित्रको राजसंस्थाको बारेमा अहिलेसम्म दलहरुबीच रहेको पुर्वाग्रहबारे पुनर्विचार गर्नु अब आवश्यक भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रहरीसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनले पारित गर्ने

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सङ्घीय संसदको आगामी अधिवेशनबाट प्रहरीसम्बन्धी विधेयक पारित गर्ने

अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना

  काठमाडौँ । अन्तर व्यवस्थापिका सङ्घको १४९औँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहेका

नेपालद्वारा इजरायलले लेबनानमा शान्ति सैनिकविरुद्ध गरेको आक्रमणको कडा निन्दा

काठमाडौं । नेपालले लेबनानमा इजरायलले राष्ट्रसंघका शान्ति सैनिकविरुद्ध गरेको आक्रमणको कडा निन्दा गरेको

प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छः अध्यक्ष दाहाल

काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधि र नवप्रवर्तनको विकासले मानव जीवनलाई सहज