गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ फेरि नियुक्त



गण्डकी । गण्डकी प्रदेशसभामा नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा पुनःनियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले उनलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सरकारका मुख्यमन्त्रीमा बुधबार नियुक्त गरेकी हुन् ।

यसअघि मुख्यमन्त्रीबाट यही वैशाख २६ गते गुरुङले राजीनामा दिएका थिए । उनको राजीनामापछि प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र बहुमतको सरकार गठनका लागि दलहरूलाई आह्वान गरेकी थिइन् ।

यसबीचमा बहुमतको सरकार बनाउनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनको प्रयास गरिए पनि जनमोर्चामा मतैक्यता नहुँदा विफल भएको थियो ।

मुख्यमन्त्री गुरुङले प्रदेशसभाबाट एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्री गुरुङले आजै प्रदेश प्रमुख पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथ ग्रहण समारोहमा सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा, उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । अधिवेशनको पहिलो

कोसीका मुख्यमन्त्री कार्की विरूद्धको एमाले-माओवादीको संकल्प प्रस्ताव पारित

विराटनगर ।  कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ ।