सामाजिक अपराधमा संलग्न जोकोहीलाई पनि कानुन बमोजिम कारबाहीः गृहमन्त्री



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सामाजिक अपराधमा संलग्न जोकोहीलाई पनि कानुन बमोजिम विनापूर्वाग्रह र निष्पक्ष रूपमा कारबाही हुने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत आफ्नो मन्त्रालयसँग सम्बन्धित बजेटका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री थापाले यसका लागि गृह मन्त्रालय मातहतका पदाधिकारीहरूलाई निर्देशनसमेत दिएको बताएका छन् ।

समाजमा हुने हत्या, हिंसा, चोरी, तस्करी, ठगी, अपहरण, बलात्कार, जातीय वा महिला हिंसाजस्ता आपराधिक कार्यप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न गृह प्रशासन प्रतिबद्ध रहेको रहेको उनले बताए । कहीँ कतैबाट राजनीतिक वा आर्थिक प्रभावमा परी कर्तव्य पालनामा कमजोरी भएको पाइएमा कानुनबमोजिम कारबाही गरिने उनले बताए ।

सीमा सुरक्षा व्यवस्थापन गर्नका लागि पाँच सय स्थानमा बिओपी राख्ने लक्ष्य राखिएको उनले बताए । उनले आगामी आर्थिक वर्षमा ५९ वटा बोर्डर आउट पोस्टको स्थायी भौतिक संरचना निर्माण गर्न बजेट विनियोजन गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गगन थापाको प्रश्नः मेरो पार्टीका नेताले खराब काम गर्छ भने थुन्ने हो भन्ने हिम्मत रास्वपाले गर्छ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गलत काम गर्ने जोसुकैलाई कानुनी दायरामा

यस्तो छ प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत ओलीको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो

नीति र नेतृत्वमा एमालेभित्र कुनै विवाद छैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा

हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन गर्छ भने उसले ठूलो मूल्य चुकाउनुपर्छः माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति