बाङडुङ सिद्धान्तलाई नेपालको संविधानमा आधारभूत विदेश नीतिको अङ्गका रुपमा राखिएको छः प्रधानमन्त्री



अजरबैजान । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका अमर छोरा बुद्धको शिक्षा पञ्चशीलबाट शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त प्राप्त हुनु नेपालीका लागि अति गौरवको कुरा भएको बताएका छन् ।

‘बाकु कङ्ग्रेस सेन्टर’मा असंलग्न अभियानका राष्ट्र तथा सरकार प्रमुखहरुको अठारौँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूले बुद्ध तथा सगरमाथाका भूमिबाट शिखर सम्मेलनको सफलताका लागि शुभकामना ल्याएको बताउँदै असंलग्न आन्दोलनको बाङडुङ सिद्धान्तलाई नेपालको संविधानमा आधारभूत विदेश नीतिको अङ्गका रुपमा राखिएको उल्लेख गरे ।

नेपालले ‘सबैसँग मित्रता राख्ने र कसैसँग शत्रुता नराख्ने’ कुरामा विश्वास गरेको र शान्ति, प्रजातन्त्र, विकास तथा मानव अधिकार एकापसमा जोडिएको कुरा नेपालको अनुभवले देखाएको उनले बताए ।

‘‘समग्र प्रजातन्त्रमा मात्र मानव अधिकारको सही अर्थ पाउन सकिन्छ । गरीबीबाट मुक्ति, समान अवसरमा पहुँच, जीवन, सुरक्षा तथा आत्मसम्मानको अधिकार व्यक्तिले उपभोग गर्न पाउने सशक्तीकरणको अवस्थाको पक्षमा म उभिएको छु,’’ उनले भने, ‘‘व्यक्तिको सशक्तीकरण राजनीतिक अधिकारबाट मात्र पर्याप्त छैन । बाँच्न पाउने मौलिक अधिकारमा चुनौती भोगेको भोको र घरविहीन, व्यक्तिका लागि राजनीतिक अधिकारको कुनै काम छैन । यसैले नेपालमा कुनै पनि व्यक्ति भोको र आश्रयविहीन भएर मर्न नपरोस् भनी मानवचक्रका सम्पूर्ण भाग समेट्ने गरी सामाजिक सुरक्षा प्रणाली तयार गरिएको छ ।’’

प्रधानमन्त्री ओलीले मौसम परिवर्तनले सङ्कट रुप लिएकाले यो सत्यप्रति सही रुपमा सचेत भएर नेपाल सरकारले आगामी अप्रिलमा विश्वव्यापी ‘सगरमाथा संवाद’ आयोजना गर्ने निर्णय गरेको बताए ।

‘‘पृथ्वी सबैका लागि समान हुन् र उनले सबै मानवको आवश्यकता विवेकपूर्ण रुपमा पूर्ण गर्न पर्याप्त साधन दिएकी छन् । हामी अति लालच तथा सहनै नसकिने अभावको अवस्थामा बाँच्न सक्दैनौँ । यी विरोधी धारा हुन् । वातावरणीय विपत्ति तथा सामाजिक द्वन्द्वको प्रमुख कारण गहन लालच हो । यसैले हामीले दिगो विकासको लक्ष्यबाट कोही पनि पछि नपर्ने समृद्धि सबैका लागि सुनिश्चित गर्नुपर्छ र भविष्यका पुस्ताको आवश्यकतामा बाधा नपर्ने गरी पृथ्वीलाई सुरक्षित गर्नुपर्छ’’, उनले भने ।

प्रधानमन्त्री ओलीले हरेक तीन वर्षमा नेताहरु आन्दोलनको मूल्याङ्कन गर्न भेला भई नयाँ कार्यदिशा परिभाषित गर्ने गरेको बताउँदै भेलाको अन्त्यमा जारी हुने घोषणापत्रमा सामूहिक विवेकले स्थान पाए पनि गरेका निर्णय सही अर्थमा कार्यान्वयन गर्ने प्रणाली विकास भएको नभएको, अभियानको राजनीतिक सन्देश कार्यान्वयन गर्ने कुराका लागि मतैक्यतामा पुग्न प्रयास गरेको वा नगरेको, सदस्य मुलुकभित्रै गहिरो रुपमा जरा गाडेको द्वन्द्व तथा भिन्नतालाई विश्लेषण गरेको वा नगरेको तथा एकताको अवधारणामा समाधान गर्न प्रयास गरेको वा नगरेको प्रश्न गर्नुपर्नेमा जोड दिए ।

उनले असंलग्न अभियानलाई विश्वव्यापी असमानतालाई सदाका लागि अन्त्य गर्न सकियोस् भनी आन्तरिक रुपमा जोडिने, एकताबद्ध बनाउने, बलियो र बाह्यरुपमा प्रभाव पार्न सक्ने बनाउनुपर्ने पनि बताए ।

आन्दोलनको एकतालाई प्रभाव पर्ने गरी विभाजन र विरोध बाहिर नआओस् भनी सद्भाव, समझदारी तथा सहयोग विकासमा जोड दिँदै आन्दोलनालाई साझेदारीपूर्ण समृद्धि प्राप्त गर्न र विकासको चुनौती समाधान गर्न सबै विकासशील मुलुकले सामूहिक सबलता विकास गर्न सकोस् भनी दक्षिण(गरीब राष्ट्र)को क्षमता बलियो बनाउन भूमिका खेल्न सक्ने, विश्वका वर्तमान मुद्दालाई प्रणालीगत रुपमा लिन सकोस् भनी त्यसको ठोस समाधान दिन सक्ने र संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा राखी बहुलवादलाई बलियो बनाउन सहयोग गर्न सक्ने देख्न चाहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय

कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका