काठमाडौँ । सर्वोच्च अदालतका पूर्वमुख्य रजिस्ट्रार देवेन्द्रराज ढकालले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयप्रति व्यङ्ग्य गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत सरकारको निर्णयको व्यंग्य गरेका हुन् । उनले भनेका छन्, ‘दानबहादुरले आईजीपी हुँदा प्रधानमन्त्रीलाई सल्लाह दिन भ्याएनछन् । अब मज्जाले सल्लाह दिने–लिने हुने भो । समयले नाटक गर्न पनि सिकाउँछ।’
बुधबार बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई हटाएर एआईजी मनोज केसीलाई नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया