काठमाडौंमा चिनियाँ नयाँवर्ष परेड
काठमाडौं । काठमाडौंमा पनि चिनियाँ नयाँवर्ष मनाइएको छ । आइतबार काठमाडौंको ठमेलमा चिनियाँ नयाँवर्ष मनाइएको हो । नयाँवर्षका अवसरमा ठमेलमा चिनियाँ जनजीवन झल्काउने सांस्कृतिक नृत्य, गीतसंगीत समेत प्रस्तुत गरिएको थियो ।
लुनार पात्रोअनुसार निर्धारण हुने चिनियाँ परम्परामा नयाँ वर्ष प्रायः जनवरी वा फेब्रुअरीमा पर्दछ । ठमेलमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ तथा उपसभामुख इन्दिरा रानालगायतको उपस्थिति थियो।