कुटपिटबाट रुपन्देहीमा एक भारतीय नागरिकको मृत्यु



भैरहवा । रुपन्देहीमा कुटपिटबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत गोरखपुरका ४० वर्षीय निष्ठुरी केवट रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागंजस्थित न्यू कामना इँटा उद्योगमा कार्यरत केवट र उद्योगमै ट्याक्टर चालकको रुपमा कार्यरत सियारी गाउँपालिका–६ का १९ वर्षीय कृष्ण केवटबीच विवाद भइ कुटपिट भएको थियो ।

कृष्णले इँटाले हान्दा गम्भीर घाइते भएका निष्ठुरीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवम् सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए । आरोपी कृष्णलाई पक्राउ गरेर घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारको कार्यशैलीप्रति कांग्रेस सांसदहरु असन्तुष्ट, माओवादीसँग गठबन्धन नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर जाने कुनै सम्भावना नरहेको

सगरमाथा बेसक्याम्पमा जलवायु परिवर्तन र हिमाली जीवनका विषयमा विशेष संवाद(फोटोफिचर)

काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको संयोजन र निमन्त्रणामा शनिबार ‘सगरमाथा बेसक्याम्पमा

भण्डारी र जीबराज आश्रितको बलिदानले कम्युनिष्ट आन्दोलन नयाँ उचाइमा: पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको विकासक्रमा जननेता

‘मलाई डरलाग्न थाल्यो, कतै राष्ट्र बैंकको गभर्नर नियुक्तिमा पनि चलखेल त भएको छैन ?’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेलको