करेन्ट लागेर दाङमा एकै परिवारका तीन जनाको मृत्यु



घोराही । दाङमा करेन्ट लागेर एकै घरका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–३ घण्टदेव चोकका ५५ वर्षीया दिलसरा केसी र उनका श्रीमान् ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाति कृष्ण केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए।

प्रहरीका अनुसार शनिबार दिउँसो हाइटेन्सन लाइनको विद्युत्को तार चुडिएर करेन्ट लाग्दा दिलसरा र नाति कृष्णको घटनास्थलमै मृत्यु भएको हो भने घाइते ६० वर्षीय गोरखबहादुरको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनको तार एक्कासी चुँडिएर घरको आँगनमा पुग्दा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वोच्चले सरकारलाई भन्यो-शिक्षकका संविधानसम्मत माग तत्काल सम्बोधन गर्ने वातावरण मिलाउनु

काठमाडौं । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्किन आदेश दिएको छ

सडकमा सर्वसाधारणलाई अमानवीय तरिकाले कुटपिट गर्ने चार जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान सुरु

काठमाडौं । एक व्यक्तिमाथि कुटपिट गर्ने चार जना ट्राफिक प्रहरीमाथि अनुसन्धान सुरु गरेको

सरकारको नभई ८४ को निर्वाचनको चिन्ता गर्न नेता कार्यकर्तालाई ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेता कार्यकर्तालाई सरकारका बारेमा चिन्ता नगर्न आग्रह

नवनियुक्त शिक्षामन्त्री भन्छन्-भर्खर मन्त्रालयको जिम्मेवारी लिएको छु, शिक्षा क्षेत्रकाबारेमा जानकारी लिएर अघि बढ्छु

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पदबहाली गरेका छन् ।