तीन करोड २१ लाख गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा प्राधिकरणका शाखा अधिकृतविरुद्ध मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका शाखा अधिकृत यामकुमार कार्कीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले बिहीबार प्राधिकरणका शाखा अधिकृत कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

उनी काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौं अन्तर्गत बागमती नगर जग्गा एकीकरण आयोजनाको कार्यालय बौद्धमा कार्यरत थिए। त्यस्तै, अतिरिक्त जिम्मेवारीको रूपमा कागेश्वरी मनोहरा गोकर्णेश्वर तथा शंखरापुर नगरपालिकाले सञ्चालन गरेको पूर्वी काठमाडौं नयाँ सहरी विकास आयोगजना, माकलबारीमा खटिएर काम गर्दै आएका थिए ।

आयोगले उनी सेवामा रहँदा ३ करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो । अख्तियारले उनी सेवा प्रवेशको मिति २०५८ साउन १६ गतेदेखि २०७९ चैत ३० गतेसम्मको अनुसन्धान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बल्ल उठ्यो भूकम्पले थलिएको लाप्राक

गाेरखा जिल्लाकाे उत्तरी भेगमा पर्ने लाप्राक क्षेत्रकाे धार्चे गाउँपालिका-४ स्थित गुप्सीपाखामा अवस्थित लाप्राक

लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेशमा एक महिनामा चार सय दुईवटा दुर्घटना भएका छन्

वार्ता र संवादबाट पाथीभरा केबलकार निर्माण गर्न पहिचानवादी युवाहरूको अपील

काठमाडौं। पहिचानवादी युवाहरूले स्थानीय पहिचान र अस्तित्व संरक्षण गर्दै विकास निर्माण अघि बढाउन

भूकम्पको एकदशकः भत्किएका संरचना अझै अधुरा

प्रगति ढकाल, काठमाडौं । २०७२ को विनाशकारी (गोरखा) भूकम्पको दृष्यले हरेक वर्ष वैशाख