नेपाल प्रहरीका १० प्रहरीको विशेष बढुवा



काठमाडौं । नेपाल प्रहरीले आफ्ना १० प्रहरी कर्मचारीलाई ‘विशेष बढुवा’ गर्ने निर्णय गरेको छ । प्रहरी महानिरीक्षकले आर्थिक वर्षभरि विशेष तथा उत्कृष्ट काम गर्ने प्रहरीलाई बढुवा गर्न पाउने अधिकार प्रयोग गरी ‘विशेष बढुवा’ गरेको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले जानकारी दिए ।

उनका अनुसार विशेष बढुवामा परेकामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत प्रहरी नायब निरीक्षक तिलराम बोहरा सार्की वरिष्ठ नायब निरीक्षक भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय दरबन्दी भएका प्रहरी सहायक निरीक्षक अर्जुन सेठ्ठी र अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका वामदेव घिमिरेलाई प्रहरी नायब निरीक्षकमा बढुवा गरिएको छ ।

यसैगरी प्रहरी सहायक हवलदारबाट हवलदार पदमा बढुवा हुनेहरूमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु दरबन्दी भएका सुवास नेपाली, केन्द्रीय अनुसन्धान ब्यूरोका लक्ष्मण सापकोटा, लागुऔषध नियन्त्रण ब्यूरोका भुदरमणि जोशी, वडा प्रहरी कार्यालय विर्ता पर्साका गनकुमार खण्डमुल, प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन महाशाखा अङ्गरक्षक गणका उपेन्द्र चौधरी रहेका छन् ।

त्यस्तै विषेश ब्यूरोमा कार्यरत प्रहरी हवलदार सविर अलि अन्सारी वरिष्ठ प्रहरी हवल्दारमा र प्रहरी प्रधान कार्यालय कार्य विभाग मर्यादा पालक एकाइ नक्सालका प्रहरी जवान लोचन अधिकारी प्रहरी सहायक हवलदारमा बढुवा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु तथा विज्ञहरूले बौद्ध

माटोको ढिस्कोमा पुरिएर कैलालीमा एकजनाको मृत्यु

गोदावरी (कैलाली) । कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर शनिबार एक महिलाको मृत्यु भएको

बालन्यायको आवश्यकतालाई सम्बोधन गर्न राज्यले अभिभावकीय भूमिका खेल्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बालन्यायको महत्व र आवश्यकतालाई सम्बोधन गर्न

अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक

म्याग्दी । समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित अन्नपूर्ण प्रथम