गृह मन्त्रालयको नेतृत्व आक्रामकरूपमा लागे पनि विविध सीमाका कारण अपेक्षा पूरा हुन सकेनः महानिरीक्षक कुँवर



काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी सङ्गठनको सुधार र रुपान्तरणका लागि अहिले उपयुक्त अवसर रहेको बताएका छन् । शुक्रबार प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरी उनले प्रहरी सङ्गठनलाई राजनीतिक नेतृत्वबाट राम्रो सहयोग प्राप्त भएको पनि स्पष्ट पारे ।

उनले सङ्गठनको रुपान्तरण र विकासका लागि वातावरण राम्रो रहेको तर साधनश्रोतको कमी र राष्ट्रको ढुकुटी रित्तिएका बेला चुनौती भने धेरै रहेको बताए ।

सामान्य नीतिगत निर्णय गरेर के गर्न सकिन्छ भन्ने कुरामा आफू गम्भीर रहेको उनको भनाइ छ । वर्तमान समयमा गृह मन्त्रालयको नेतृत्व आक्रामकरूपमा लागे पनि अन्य क्षेत्रबाट विविध सीमाका कारण पनि अपेक्षा पूरा हुन नसकेको उनले बताए ।

साइबर अपराधको विषयमा पत्रकारको जिज्ञासामा महानिरीक्षक कुँवरले जिल्ला जिल्लाबाट साइबर अपराधको मुद्दा अघि बढाउने भन्ने सरकारको निर्णय रहेकाले त्यसमा चुनौती रहेको र त्यसका लागि आवश्यक मार्गदर्शन निर्माण गर्ने चरणमा रहेको जानकारी दिए । उनले आइटीसँग सम्बन्धित प्रहरीलाई तालिम दिलाएर आवश्यक प्रक्रिया अघि बढाउन लागिएको बताए ।

उनले प्रहरी समायोजनको विषय सरकारको योजनामै रहेको र सरकारको निर्देशन बमोजिम गम्भीरतापूर्वक अघि बाढाउने बताए । महानिरीक्षक कुँवरले सङ्गठनमा आफ्नो कुनै स्वार्थ नरहेको तर केही जिज्ञासा भएमा सिधा फोनबाट जानकारी लिन सकिने पनि बाए । समाज सुधार तथा शुसासन कायम गर्नका लागि होस्टेमा हैँसे गर्न आफू तयार रहेको उनले प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति बनाउन सत्तापक्ष र प्रतिपक्षी

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौं । सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ। काठमाडौंमा

संसदीय समिति गठनमा सहमति जुटाउन चार दल प्रधानमन्त्री निवासमा छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा

तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको