नासु कुटेको आरोपमा पक्राउ परेका वकिल साधारण तारेखमा रिहा



काठमाडौं । ललितपुर जिल्ला अदालतकी कर्मचारीलाई हातपात गरेका आरोपमा पक्राउ परेका अधिवक्ता अमिर लामिछाने रिहा भएका छन् । अधिवक्ता लामिछानेलाई जिल्ला प्रहरी परिसर ललितपुरले आइतबार साधारण तारेखमा रिहा गरेको हो । उनलाई साधारण तारेखमा छोडिएको जिल्ला प्रहरी परिसर ललितपुर एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिएका छन् ।

ललितपुर जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङमाथि हातपात गरेका आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । लामिछानेमाथि गत बुधवार ललितपुर जिल्ला अदालतको कार्यकक्षमै बसेर काम गरिरहेकी तामाङलाई गालीगलौज गर्दै हातपात गरेको आरोप छ ।

कुटपिटलगत्तै पीडित कर्मचारीले परिसरमा जाहेरी दिएपछि उनी पक्राउ परेका थिए । पक्राउ परेका लामिछानेको रिहा गर्नुपर्ने माग गर्दै नेपाल बार एसोसिएसनले आन्दोलन घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमाः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ ।  छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ (बिआरआई)  कार्यान्वयन योजनासम्बन्धी

गिरीबन्धु टि–स्टेटमा भएको भनिएको नीतिगत भ्रष्टाचारविरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौं । सहकारीका लाखौं बचतकर्ताको अर्बौ रुपैयाँ ठगी प्रकरण र झापाको गिरीबन्धु टि–स्टेटमा

डेल कम्पनीको नक्कली लोगो मोनिटरमा टाँसेर बिक्री गर्ने दुईजना पक्राउ

काठमाडौं । प्रहरीले नक्कली लेवलिङ गरेर कम्प्युटर बिक्री गरेको आरोपमा एक विदेशी नागरिकलाई

२४ करोड बिगो माग दाबी गर्दै कैलाली मालपोतका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख