कोशी नामकरणको विषयमा एमाले संवादका लागि तयार छः सचिव भट्टराई



काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले र एमाले नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या समाधान नहुने बताएका छन् ।

बिहीबार मदन भण्डारी फाउण्डेसन इलामले ७२ औं मदन जयन्तीका अवसरमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा जाँदै गर्दा इलामबाजारमा केही व्यक्तिले कालो झन्डा देखाएपछि सामाजिक संजालमार्फत सचिव भट्टराईले एमाले संवादका लागि तयार रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘हाम्रो भनाइ यही छ कि विरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ । उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामिलाई मान्य छैन । एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन । एमाले वार्ता र संवादका लागि हरबखत तयार छ । मदन भण्डारी जस्ता युग पुरुषको स्मरणका लागि गरिएको कार्यक्रमलाई बिथोल्न खोज्नु स्वंयम उहाँहरुका लागि पनि लज्जाको बिषय हो ।’

भट्टराईले एमाले फरक बिचार र मतलाई सम्मान गर्ने पार्टी भएको बताए । उनले भनेका छन्, ‘एमाले फरक विचार र मतलाई सम्मान गर्ने पार्टी हो । आज मलाई कालोझन्डा देखाउनेहरुको अधिकारका लागि म स्वंयम र मजस्ता लाखौंले लडेर ल्याएको विरोध गर्ने अधिकारको अभ्यास उहाँहरुले गर्नु भएकोमा लोकतन्त्रको संघर्षमा हामीले बिताएको समयले सार्थकता पाएको अनुभूति भएको छ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटकको रोजाइ बन्‍दै धरानको ‘ओशो पार्क’

धरान । धरान उपमहानगरपालिका-१३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा

संसद बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित भएको छ । आज

राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको

हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा