कोसी प्रदेशलाई मध्यावधि निर्वाचनमा लैजानु हुँदैन, मलाई विश्वासको मत दिनुस्ः मुख्यमन्त्री कार्की



विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मिलेर सरकार बनाउन सबै दललाई आग्रह गरेका छन् । बिहीबार प्रदेशसभाको तेश्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको आफूलाई मत माग्दै कार्कीले सर्वदलीय सरकार गठनको आह्वान गरेका हुन्।

कार्कीले संविधानको धारा ११८ को उपधारा २ बमोजिम विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए । उनले सरकार परिवर्तन गर्ने खेलले प्रदेशप्रति जनतामा वितृष्णा र अविश्वास पैदा हुनेतर्फ सचेत हुनु पर्ने बताए।

प्रदेशको विकासका लागि सबै एक भएर अघि बढ्नु पर्ने उनको भनाइ छ । कार्कीले कोसी प्रदेशमा सर्वदलीय सरकारको विकल्प नभएको बताए कार्कीले प्रदेश नामकरणबारे प्रधानमन्त्री र संघीय मन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए ।

उनले संविधानअनुसार नामकरण गरिएको विषयमा प्रधानमन्त्री र मन्त्रीले गलत भयो भनेर अभिव्यक्ति दिएर प्रदेशको अधिकारमा बलमिच्याइँ गरेको आरोप लगाए । आफूले अर्को सरकार बन्ने अवस्था नदेखेको र कसैले पनि कोसी प्रदेशमा मध्यावधि निर्वाचन नचाहेको कार्कीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राधिकरणको देवनगर सबस्टेसन र गोन्द्राङ–देवनगर ३३ केभी प्रसारणलाइन संचालनमा

काठमाडौँ ।  चितवनको देवनगर सबस्टेशन शनिबारदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ

कान्तिलोकपथमा कार दुर्घटनामा परी दुईजनाको मृत्यु, एक गम्भीर घाइते

  मकवानपुर  । मकवानपुरको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा शनिबार बिहान सवारी दुर्घटना हुँदा

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

सुरुङ्गा (झापा) । नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा ‘मिडिया

पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप

  तनहुँ । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्डको