ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका तीन आरोपी रिहा



काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा मंगलबार पक्राउ परेका तीन जनालाई प्रहरीले रिहा गरेको छ । पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव हुपेन्द्रमणि केसी र सुरेन्द्र कपालीलाई पक्राउ गरिएको केही घन्टामै कागज गरेर छाडिएको हो ।

गत साउन १९ गते सर्वोच्च अदालतले उनीहरू तीनै जनालाई पक्राउ नगरी हिरासत बाहिरै राखेर अनुसन्धान गर्न अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको अन्तरिम आदेशको उक्त प्रमाण पेस गरेपछि आरोपित तीन जनालाई प्रहरीले कागज गराएर रिहा गरेको हो । उनीहरूलाई हिरासतबाहिरै राखेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

जग्गा प्रकरणमा प्रहरीले मंगलबार सात जनालाई पक्राउ गरेको थियो । जसमध्ये निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र गोपाल कार्की भने प्रहरी हिरासतमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखराको प्राइम सहकारीका अध्यक्षसहित आठजना पक्राउ, एक अर्ब ५४ करोड अपचलनको आरोप

कास्की । पोखरा महानगरपालिका–४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको निक्षेप रकम अपचलन

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी

सरकारको नीति तथा कार्यक्रम समग्रमा उत्साहजनक : एमाले

काठमाडौँ । सत्तारुढ नेकपा नेताहरुले सरकारको नीति तथा कार्यक्रम समग्रमा उत्साहजनक भएको प्रतिक्रिया

सरकार सहकारी पीडितहरुको मर्काप्रति संवेदनशील नदेखिएको कांग्रेसको टिप्पणी

काठमाडौँ । नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरेको छ