‘जलहरी प्रकरण छानबिनका लागि संसदीय समिति बनाऔं’



काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पशुपतिनाथको जलहरी प्रकरण छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद पौडेलले जलहरी प्रकरण गम्भीर विषय भएकाले छानबिनका लागि समिति बनाउन माग गरेका हुन् ।

उनले भने, ‘’ष्टाचार कहीँ पनि हुनु हुँदैन । धार्मिक आस्थाको केन्द्र भ्रष्टाचारमा जोडिँदा विश्वमा हाम्रो शिर निहुरिएको छ । दुई वर्षपछि अख्तियारले छानबिन गरेको छ । अख्तियारले किन यति ढिला गर्यो ? यो गम्भीर विषयको छानबिनका लागि समिति बनाउन मेरो आग्रह छ ।’

त्यस्तै नेकपा माओवादी केन्द्रले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीको विषय सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद देवेन्द्र पौडेलले जलहरीको विषयमा सदनलाई सत्यतथ्य जानकारी गराउन माग गरेका हुन् ।

उनले भने, ‘पशुपति क्षेत्र विकास कोष, सुनचाँदी नाप तौल, पुरातत्व विभाग, जनप्रतिनिधिले खोजी गरेको, तौल जोखेको भनेर सुनिन्छ । कति हराएको हो ? कति बाँकी छ ? यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन । यो कुरा सत्यतथ्य सदनलाई जानकारी गराउन अनुरोध गर्न चाहन्छु ।’

यसअघि पनि संसदमा जलहरी प्रकरणको विषय उठान भएको थियो । त्यसबेला एमालेले संसद बैठक अवरुद्ध पारेको थियो । तर माओवादी सांसद लेखनाथ दाहालले संसदमा उठाएको विषय संसदको रेकर्डबाट हटाइएको थियो । महालेखाको प्रतिवेदनमा दश किलो सुन गायब भएको उल्लेख भएपछि यसबारे अख्तियारले अनुसन्धान सुरु गरेको छ । आइतबार अख्तियारको टोलीले जलहरीको तौल नापजाँच गरेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इतिहासकार ज्ञानमणि नेपालको निधन

काठमाडौँ । इतिहासकार ज्ञानमणि नेपालको निधन भएको छ । मंगलबार उपचारका क्रममा त्रिवि

एकैपटक ६० जना सहसचिवहरूको सरुवा

काठमाडौँ । सरकारका ६० जना सहसचिवहरूको एकैपटक सरुवा भएको छ । वैशाख २७

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकबाट पारित

काठमाडौं । मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ

गिरीबन्धु टी-स्टेटको फैसला कांग्रेसको अर्को एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसले गिरीबन्धु टी स्टेटको जग्गासम्बन्धी सर्वोच्च अदालतको फैसलालाई सदनमा उठाउने