प्राधिकरणको स्पष्टीकरण सोध्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै बालेनद्वारा उच्च अदालतमा रिट दर्ता



काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन साहले नेपाल नागरिक उड्डयन प्राधिकरणविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका छन् ।

स्पष्टीकरण सोध्ने प्राधिकरणको निर्णय कानुनसम्मत नभएको भन्दै मेयर साह उच्च अदालतमा रिट दायर गरेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेकोले उक्त निर्णय कार्यान्वयनमा रोक लगाउन आदेशको माग रिटमा गरिएको छ ।

सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको प्राधिकरणको निर्णय कानुन विपरीत भइ बदरभागी रहेको उनको जिकिर छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगाइएको तारबार काटिएको घटनामा महानगर प्रमुख बालेनसहित तीन जनालाई किन ऐनअनुसार कारबाही नगर्ने भन्दै प्राधिकरणले स्पष्टीकरण सोधेको थियो । यस्तो स्पष्टीकरणले महानगरको संस्थागत काममा असर पर्ने भएकाले पहिलो सुनुवाइमै अन्तरिम आदेश जारी हुनुपर्ने माग रिटमा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ’

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले

विद्यालय बससँग मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, दुई घाइते

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–८ काशीटारमा विद्यालयको बससँग दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको

एकीकृत समाजवादी सरकारबाट नबाहिरिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी गठबन्धन सरकारबाट नबाहिरिने भएको छ । मंगलबार बसेको

मुद्दा जिताइदिन्छु भन्दै ३० लाख ठगेर फरार भएका व्यक्ति पक्राउ

काठमाडौं । थुनामा रहेका व्यक्ति छुटाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग लाखौं रुपैयाँ लिएर फरार