राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया, राखियो पेसमेकर



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको मंगलबार दिउँसो छातीको शल्यक्रिया गरिएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा.रत्नमणि गजुरेलले ७२ घण्टाको नियमित निगरानीपछि मुटुको चाल बेला बखतमा कम देखिएकाले विशेषज्ञहरूको सल्लाहबमोजिम शल्यक्रिया गरी पेसमेकर राखिएको बताए ।

पेसमेकरले मुटुको चाल बनाइराख्ने काम गर्छ । गत शनिबार राति अचानक स्वास्थ्य अवस्था असामान्य बनेपछि राष्ट्रपति पौडेललाई अस्पताल पुर्याइएको थियो । त्यसयता निरन्तर चिकित्सकहरुको निगरानीमा अस्पतालको सीसीयूमा राखेर उपचार भइरहेकोमा मंगलबार दिउँसो छातीको शल्यक्रिया भएको हो । अस्पतालका अनुसार राष्ट्रपतिको मुटुको धड्कनलाई सामान्य राख्न छातीको शल्यक्रिया गरेर स्थायी पेसमेकर राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बालन्यायको आवश्यकतालाई सम्बोधन गर्न राज्यले अभिभावकीय भूमिका खेल्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बालन्यायको महत्व र आवश्यकतालाई सम्बोधन गर्न

अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक

म्याग्दी । समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित अन्नपूर्ण प्रथम

पाहुनालाई कोसेली ताराखोलाको भुटेको मकै

बागलुङ । लेकाली चोयाले बुनेको चिटिक्कको डाली। डालीभरि भुटेको सिरिम्ले मकै। मकै पनि

तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प

  किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ