अब म राजनीतिमा आउने सम्भावना एक प्रतिशत देखियो



काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले आफू राजनीतिमा आउन सक्ने बताएका छन् । बिहीबार सामाजिक संजालमार्फत पुनले आफू राजनीतिमा आउने र सांसद बन्ने सम्भावना रहेको बताएका हुन् ।

उनले गण्डकी प्रदेशको नवप्रवर्तन, अनुसन्धान र आविष्कारको अभियानमा अहिले भोग्नु परेको बाधा, अड्चन र सरकारी नीति नियमको पेलाई यही रूपमा रहिरहने हो भने आफू सांसद बन्ने सम्भावना एक प्रतिशत रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘मैले आम नागरिकहरुसँग मिलेर नेपालमा राजनैतिक पार्टी खोलेर चुनाव लड्ने र सरकारमा जाने भन्ने कुराको १ प्रतिशत पनि सम्भावाना छैन किन भने म त्यसो गर्न चाहन्न । तर –अब त्यसको सम्भावना पनि १ प्रतिशत देखियो । गण्डकी प्रदेशको नबप्रबर्तन, अनुसन्धान र आविष्कारको अभियानमा अहिले मैले भोग्नु परेको बाधा, अड्चन र सरकारी नीति नियमको पेलाई यही रुपमा रही रहने हो भने मेरो सांसद बन्ने सम्भावना १ प्रतिशत छ । मन्त्री र सचिवको पेलाई आम नागरिकहरुले भोगेको कुरा हो । लौ जा, जे पर्ला पर्ला । नेताहरु र सचिवहरुले के ठानेका छन् ??’

सामाजिक संजालमा पुन लेख्छन्:

मेरो जिन्दगीमा एक प्रतिशत पनि सम्भावना नभएका तर घटेका घटनाहरु सुन्नुहोस् । अनि म पनि चुनावमा उठ्ने १ प्रतिशत सम्भावना भएको थाहा पाउनुहोस् ।
१. म सानो छँदा हाईस्कूल पढुला भनेर सोचे कै थिएन । किनभने त्यतिबेला म्याग्दीको पुन मगर समाजमा १ प्रतिशतले पनि छोराछोरीलाई हाईस्कूल पढाएका थिएनन् । तर जसरी तसरी बाबाले हाईस्कूलसम्म पढाए र म शिक्षक बनें ।

२. मैले ३१ वर्षको उमेरसम्म अमेरिकामा गएर पढ्न जान पाउँला भनेर सोचेकै थिएन । अनि ३२ वर्षको उमेरमा अमेरिका पढ्न जान पाउने सम्भावना १ प्रतिशत पनि थिएन । तर जबजस्ती लागेर ३४ वर्ष लाग्दा अमेरिकामा ब्याचलर पढ्ने मौका पाएँ ।

३. म अमेरिकाबाट फर्केर नेपालमा बसुँला र गाउँ गाउँमा काम गरुँला भनेर सोचेकै थिएन र के गर्ने भन्ने थाहा नै थिएन । त्यसको सम्भावना १ प्रतिशत मात्र थियो होला । तर अमेरिकाबाट फर्केर म नेपालमा बसेर काम गरेको ३१ वर्ष भयो ।

४. वायरलेस प्रविधिलाई प्रयोग गरेर नेपालको दुर्गम गाउँहरुमा इन्टरनेट पुर्याउने सम्भावना १ प्रतिशत पनि थिएन । विदेशी इन्जिनियरहरुको भनाई अनुसार त त्यो काम असम्भव नै थियो । तर त्यो काम पनि जबर्जस्ती सुरु गरियो र सफल भयो ।

५. सन् २०१७ सम्म राष्ट्रिय आविष्कार केन्द्रलाई अहिलेको अवस्थामा ल्याउन सकिएला भन्ने १ प्रतिशत जति पनि आशा थिएन । किनभने कुनै पनि सरकार, बैंक र दातृ संस्थाहरुले पटक्कै पत्याएनन् । तर अहिले त आम नागरीकको सहयोगले गर्दा चन्द्रमासम्म पुग्न नसके पनि नेपाललाई अझै धेरै माथि पुर्याउने आँट छ ।

अन्तमा, मैले आम नागरिकहरुसँग मिलेर नेपालमा राजनैतिक पार्टी खोलेर चुनाव लड्ने र सरकारमा जाने भन्ने कुराको १ प्रतिशत पनि सम्भावाना छैन किन भने म त्यसो गर्न चाहन्न । तर –अब त्यसको सम्भावना पनि १ प्रतिशत देखियो । गण्डकी प्रदेशको नबप्रबर्तन, अनुसन्धान र आविष्कारको अभियानमा अहिले मैले भोग्नु परेको बाधा, अड्चन र सरकारी नीति नियमको पेलाई यही रुपमा रही रहने हो भने मेरो सांसद बन्ने सम्भावना १ प्रतिशत छ । मन्त्री र सचिवको पेलाई आम नागरिकहरुले भोगेको कुरा हो । लौ जा, जे पर्ला पर्ला । नेताहरु र सचिवहरुले के ठानेका छन् ??

दिर्घकालिन सपना सहित मरिमेटेर काम गर्ने आम नेपालीहरु को लागी आवश्यक कानुन बनाउन नेताहरुले नसक्ने र मन्त्रालयका सचिवहरुले कानुन छैन भनेर दुःख दिने तरिकाले देशको आर्थिक स्थिति सुध्रदैन र त्यो कुरा कसैलाई पनि सह्य हुने छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण

काठमाडौँ । रामेछापका लागि उडेको सीता एयरको जहाजमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौँमा

चलचित्र ‘माइतीघर’का अभिनेता सिपी लोहनीको निधन

  काठमाडौँ ।  निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र ‘माइतीघर’ का अभिनेता सिपी लोहनीको

डढेलो तथा आगलागी प्रभावितको सहायतामा खटिन माओवादीको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले डढेलो एवं आगलागीलगायत विपद्का घटनाबाट प्रभावित

लगानी सम्मेलन कस्तो भयो ? लगानीबोर्डका सिइओ सुशील भट्टलाई आठ प्रश्न

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ । लगानी