मसानघाटमा पुगेको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम ब्यूँताउन सत्तापक्ष र प्रतिपक्ष नै लागे



काठमाडौं । राष्ट्रियसभाका सदस्य सांसद खिमलाल देवकोटाले प्रतिनिधिसभाको आकार ठूलो भएकाले त्यसलाई घटाउनुपर्ने बताएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको धारणा राख्दै उनले प्रतिनिधिसभाको आकार घटाउनका लागि संविधान संशोधनको प्रस्ताव ल्याउन आग्रह गरेका हुन् ।

उनले आगामी आर्थिक वर्षको बजेट केन्द्रीकृत सोच र मानसिकताबाट पछाडि हट्न नसकेको बताए । अधिकांश मन्त्रालयले राखेका कार्यक्रम र बजेटलाई राष्ट्रपति र प्रधानमन्त्रीसँग जोडिएका कार्यक्रमले रोकेको उनको भनाइ थियो ।

सार्वजनिक खर्च पुरावलोकन आयोगले सिफारिस गरेका कार्यालयलाई खारेज गर्नेलगायतका विषय सकारात्मक रहेको उल्लेख गर्दै उनले प्रदेश र स्थानीय तहलाई गर्नुपर्ने वित्तीय हस्तान्तरणलगायतका विषयमा सरकार प्रभावकारी हुन नसकेको बताए ।

सङ्घीय सरकारले आफूलाई मालिक सम्झने प्रवृत्तिले वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन हुन नसक्ने सांसद देवकोटाको भनाइ छ । निर्वाचन क्षेत्र पूर्वाधार कार्याक्रम मसानघाटमा पुगिसकेको भए पनि त्यसलाई ब्युँताउन सत्तापक्ष र प्रतिपक्ष नै लागेकामा उनले आपत्ति प्रकट गरे ।

सांसद वामदेव गौतमले आगामी आर्थिक वर्षको बजेटको आलोचनात्मक दृष्टिकोण राखे । उनले बजेट समग्रमा सकारात्मक भए पनि कार्यान्वयनमा सधैँ चुक्ने गरेकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

काम पनि चल्ने, खर्च नगरे पनि हुने बजेटमा कार्यक्रम नगरिएको भए हुन्थ्यो भन्दै सांसद गौतमले बुद्धि पुर्याउन नसकिए आगामी वर्ष मुलुक ठूलो समस्यामा पर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् ।

सात दिनभित्र रमाना लिएर सरकारले खटाएको ठाउँमा हाजिर हुन निर्देशन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात दिनभित्र रमाना लिएर सरकारले

धवलागिरि हिमाल आरोहणका लागि २३ जनाले पाए अनुमति

  म्याग्दी ।  शरदयाममा म्याग्दीमा रहेको धवलागिरि हिमाल आरोहणका लागि २३ जनाले अनुमति

२३ खर्ब नाघ्यो सार्वजनिक ऋण, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय रुपैयाँ

काठमाडौँ । नेपालको कुल सार्वजनिक ऋण  २३ खर्ब नौ अर्ब ८६ करोड ९६