गोरखामा शैक्षिक गुणस्तर सुधार गर्न उपचारात्मक कक्षा



गोरखा । गोरखाको पालुङटार नगरपालिकाले नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ७२ घण्टे उपचारात्मक कक्षा सुरु गरेको छ ।

कोरोना सङ्क्रमण र अन्य विपद्का कारण लामो समय विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएकाले नगर क्षेत्रका विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक अवस्था कमजोर हुन पुगेको भन्दै नगरपालिकाले उपचारात्मक कक्षा सुरु गरेको नगरप्रमुख विवस चिन्तनले जानकारी दिए ।

नगर क्षेत्र आधारभूत तह तथा माध्यमिक तहका सबै विद्यालयमा गएको शैक्षिक सत्रको अन्तिम परीक्षामा नतिजा कमजोर देखिएका बालबालिकाको शैक्षिक गुणस्तरमा सुधार ल्याउन उपचारात्मक कक्षा सञ्चालन गरिएको छ ।

“कार्यक्रमअन्तर्गत तोकिएका सबै विद्यालयले कमजोर विद्यार्थीका लागि वार्षिकरुपमा कम्तीमा ७२ घण्टा थप कक्षा व्यवस्थापन गरि पठनपाठन गराउनुपर्छ”, उनले भने, “केही विद्यालयमा उपचारात्मक कक्षा सुरु भइसकेको छ भने केहीमा सुरु हुँदैछ ।” नगरपालिकाभित्र सञ्चालित आधारभूत तथा माध्यमिक तहका विद्यालयको अन्तिम परीक्षाको नजिता कमजोर देखिएपछि उपचारात्मक कक्षा सुरु गरेको चिन्तनको भनाइ छ ।

“नजिता कमजोर देखिएका विद्यालयमा शैक्षिक सुधार गर्नै पर्ने अवस्था छ”, उनले भने, “त्यसका लागि विद्यालयले नजिता कमजोर देखिएका विद्यार्थीको छनोट गरी थप ७२ घण्टा आधारभूत तह र माध्यमिक तहका विद्यालयले अनिवार्य कक्षा सञ्चालन गरी कमजोर देखिएको विषय पढाउनुपर्छ ।”

विद्यालयले उपचारात्मक कक्षा पढाएबापत शिक्षकले प्रतिकक्षा तीन सय ५० का दरले पारिश्रमिक पाउने जानकारी दिए । “शिक्षकलाई अतिरिक्त कक्षा पढाएबापत नगरपालिकाले शिक्षकलाई पारिश्रमिक उपलब्ध गराउन प्रत्येक विद्यालयलाई रु २५ हजारका दरले रकम उपलब्ध गराएको छ”, चिन्तनले भने, ‘विद्यालयले कमजोर भएका विषयका विद्यार्थीका लागि बिहान वा बेलुकी समय मिलाएर अनिवार्य पढाउनुपर्नेछ ।”

उपचारात्मक कक्षामा विद्यार्थीलाई शिक्षण सिकाइका क्रममा कमजोर रहेको विषयका आधारभूत कुरा जानकारी गराइने र त्यसले बालबालिकाको शैक्षिक अवस्थामा सुधार आउने विश्वास नगरपालिकाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा