यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय



काठमाडौं । सरकारले अत्यावश्यक सेवामा हडताल निषेध गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको प्रस्तावमा आवश्यक सेवा संचालन नियमावली २०१४ को दफा ३ को उपदफा १ बमोजिम अत्यावश्यक सेवामा हडताल निषेध गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ । बैठकले सम्बन्धित मन्त्रालयलाई यो विधेयक संसदमा पेश गर्न अनुमति दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

उनले कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भूजेललाई तोकिएको बताइन् । बैठकले काभ्रेको पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रुपान्तर गर्ने निर्णय गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सो औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रुपान्तरण गरिएको हो।

बैठकले जेठ २९ देखि ३२ सम्म बेल्जियमको ब्रसेल्समा हुने ‘मेट्रो पोलिस वर्ल्ड कंग्रेस तथा ब्रसेल्स अर्बान समिट २०२३’ विषयक कार्यक्रममा सहभागी हुन काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको भ्रमण स्वीकृत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसदीय छानबिन समितिको टीओआरमा रविको नाम राख्नुपर्ने कांग्रेसको अडान, सत्तापक्ष राख्न नहुने पक्षमा

काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेशबारे सत्तापक्ष र प्रतिपक्षी दलबीच सहमति जुटेको छैन

विकास पनि कस्तो ? पुल एकातिर, खोला अर्कैतिर

म्याग्दी । जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण

खोकनाका ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी संरक्षणको पर्खाइमा

ललितपुर । ललितपुर महानगरपालिका–२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान

झापा । जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र