सर्वोच्च बारले भन्यो-नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण संविधान प्रतिकूल



काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल रहेको ठहर गरेको छ ।

बारको मंगलबार बसेको आकस्मिक बैठकपछि अध्यक्ष हरिशङ्कर निरौलाले नेपालको संविधान प्रतिकूल राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरेको बैठकले ठहर गरेको जानकारी दिए ।

‘संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल सम्माननीय राष्ट्रपतिबाट उक्त नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण भएको यस बार एसोसिएसनको ठम्याइ छ’, बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतमा यही विषयवस्तु हाल विचाराधीन रहेको हुँदा कानुनबमोजिम व्याख्या हुने नै छ ।’

बारले निवर्तमान राष्ट्रपतिबाट आठ महिना पहिले प्रतिनिधिसभाले पेश गरेको प्रमाणीकरण नभएको उक्त विधेयक वर्तमान राष्ट्रपतिबाट यही जेठ १७ गते प्रमाणीकरण भएकोप्रति बारले ध्यानाकर्षण जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हाम्रो पार्टी नै सरकारमा रहेकाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने कुरै हुँदैनः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत

२४ करोड बिगो माग दाबी गर्दै कैलाली मालपोतका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख

संसदीय छानबिन समितिको टीओआरमा रविको नाम राख्नुपर्ने कांग्रेसको अडान, सत्तापक्ष राख्न नहुने पक्षमा

काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेशबारे सत्तापक्ष र प्रतिपक्षी दलबीच सहमति जुटेको छैन

विकास पनि कस्तो ? पुल एकातिर, खोला अर्कैतिर

म्याग्दी । जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण