नेपालको भूमि समावेश भारतको नक्सा नेपालमाथिको अपमान होः पूर्वप्रधानमन्त्री खनाल



काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालका भूमि समावेश गरी आफ्नो नयाँ संसद भवनमा ‘अखण्ड भारत’ नक्सा अंकित गरेको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार विज्ञप्ति जारी गरी पूर्वप्रधानमन्त्री खनालले भारतलाई उक्त नक्सा सच्याउन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘यो भारतीय सरकारको अनाधिकृत कार्य हो । भारतको यो कदमले सम्पूर्ण नेपाली जनताको स्वतन्त्रता र स्वाभिमानमा गम्भीर चोट पुयाएको छ र समस्त नेपालीले भारतीय सरकारवाट घोर अपमान महसुस गरेका छन् । भारतको यो कदमले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुले पालना गर्नुपर्ने न्युनतम मर्तलाई समेत उल्लंघन गरेको र कुटनीतिक अपमान भएको महसुस हामि नेपालिहरुले गरेका छौं । त्यसकारण हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी भारत सरकारसँग आग्रह गर्दछ कि उक्त नक्सालाई अविलम्ब सच्चाईयोस् ।’

नेपाल माथिका सबै प्रकारका अतिक्रमणहरुलाई बन्द गर्न आग्रह गर्दै खनालले दुई देशका जनता बीचमा सदियौं देखि रहेको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ धरातलमा उभ्याई बहुआयामिक सहयोगका प्रकृयालाई अझ गहिरो र व्यापक बनाउने वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब अस्पतालहरुले चिकित्सकमाथि कुटपिट गरे हुने सजायकाबारेमा सबैले देख्नेगरी सूचना राख्नुपर्ने

काठमाडौं । अस्पतालमा स्वास्थ्यकर्मी कुट्नेमाथि हुने दण्ड सजायका बारेमा सबै नागरिकले देख्नेगरी सूचना

सम्पर्कमा नरहेका २२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौँ । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नरहेका २२ जना प्रहरीलाई

मेलम्चीको पानी उपत्यकामा पुनः वितरणबारे अझै अन्योल

सञ्चिता घिमिरे, काठमाडौँ । काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा हेरिएको मेलम्चीको

पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण

सुनसरी । चितवन राष्ट्रिय निकुञ्जबाट पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण