अघि बढ्यो प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया, उजुरी आह्वान गर्ने निर्णय



काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरिएको छ ।

मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सार्वजनिक सूचना प्रकाशन गरी १० दिनभित्र कार्कीविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । बैठकमा कार्कीको व्यक्तिगत विवरण समेत समिति सदस्यहरूलाई प्रदान गरिएको थियो ।

सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यममा समेत प्रकाशन गरिनेछ । कार्कीमाथि लिखित रूपमा पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिनेछ । उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राख्नेछ ।

गत वैशाख २५ गते बसेको संवैधानिक परिषद्को बैठकबाट कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएको थियो । कार्की एकवर्ष भन्दाबढी समयदेखि सर्वोच्चमा कामु प्रधानन्यायाधीशका रूपमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो

काठमाडौँ । नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जनालाई संयुक्त अरब

पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु

गोरखा । गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दुई जनाको मृत्यु

चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको नाका टिपतालामा पहिलोपटक नेपालतर्फका गाडी

  ताप्लेजुङ । छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको

काठमाडौँ–तराइ द्रुतमार्गअन्तर्गत एक हजार ६ सय ३३ मिटरको लेनडाँडा सुरुङको ‘ब्रेक थ्रु’

  काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको