यो राजाको शासन होइन, गणतन्त्र हो, यहाँ कानून चल्छः महामन्त्री थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस सत्ताका लागि सबै थोक गर्छ भन्ने इमेज बनेको भन्दै त्यसविरुद्ध आफूहरु लड्ने बताएका छन् । सोमबार ललितपुरमा आयोजित कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले कानूनी शासनको वकालत गर्दा सरकार ढले पनि आफूहरु त्यसकाविरुद्ध लड्ने बताए । उनले भने, ‘कानूनको शासनको वकालत गर्दै गर्दा सरकार गए जान्छ। यस्तो सरकार गए जान्छ केही हुन्न। अर्को सरकार बन्छ केही फरक पर्दैन। तर कानूनको शासनलाई कांग्रेसले सम्झौता गर्दैन भन्ने कुरा हामीले स्थापित गर्न सकेनौं भने नागरिकले हामीलाई के भन्छन् ?’

उनले यसअघिका गल्तीमा माफी माग्नुपर्ने पनि बताए । उनले भने, ‘पार्टीले गरेको गल्तीलाई स्वीकार्दै आमजनतासँग माफी माग्दै यो कांग्रेसले घोषणा गर्छ, गर्नुपर्छ कि यो कांग्रेसले जीवनमा चुनाव हारे हार्छ, दुई पटक हारे हारिन्छ। तीन पटक हारे हारिन्छ तर जीवनमा नेपाली कांग्रेसले चुनावअघि गठबन्धन गर्दैन ।’

उनले रेशम चौधरीको रिहाई प्रति पनि आपत्ति जनाए । सरकार चलाउन गाह्रो–सजिलो पर्दा प्रचलित कानूनलाई मिचेर थिचेर बलमिच्याइँ गर्ने गरिएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘आज सरकारलाई मन लाग्यो निर्णय गरिदियो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो। यो राजाको शासन होइन, हुकुम चल्दैन। यो गणतन्त्र हो, यहाँ कानून चल्छ। अदालतको पूर्ण पाठ आएको छैन, हतारहतार निर्णय गर्छौं भने यसको अर्थ हामीले अदालतलाई हेप्यौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड भुक्तानी गरेको छ ।

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

नेपाली सेनाले माग्यो प्राविधिक, हवाइ र विविध सेवातर्फ तीनसय भन्दाबढी कर्मचारी

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट