चिकित्सा शिक्षामा आउनेभन्दा विदेश जाने विद्यार्थी दोब्बर



काठमाडौं । चिकित्सा शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थी नेपाल आउनेभन्दा दोब्बर सङ्ख्यामा नेपाली विद्यार्थी विदेश जाने गरेका छन् ।

चिकित्सा शिक्षा आयोगले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले यस आर्थिक वर्षमा चार सय २१ जना विदेशी विद्यार्थी नेपाल आएका र नौ सय ७२ जना नेपाली विद्यार्थी अध्ययनका लागि बाहिरिएको बताए ।

उनका अनुसार स्नातकोत्तर तहमा १५ जना र स्नातक तहमा चार सय छ जना विदेशी विद्यार्थी नेपालका विभिन्न शिक्षण अस्पताल तथा कलेजमा अध्ययन गरिरहेका छन् । नेपालमा भारत, बङ्गलादेश, माल्दिभ्स, अमेरिकाबाट अध्ययनका लागि विद्यार्थी आउने गरेका छन् ।

यसैगरी आयोगले नेपालबाट विदेशमा चिकित्सा शिक्षा अध्ययनका लागि फेलोसिपमा पाँच जना, स्नातक तहमा सात सय एक जना र स्नातकोत्तर तहमा दुई सय ६६ जनालाई अध्ययन अनुमति दिइएको छ ।

आयोगका उपाध्यक्ष प्रा डा गिरीले यही जेठ ८ गते बसेको आयोगको बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षासम्बन्धी शिक्षण संस्थाको आशयपत्र र सम्बन्धन अनुमोदन गरिएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पानीको जोहो गर्न दुई घण्टा

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–३ पाल्पाली डाँडाका स्थानीयले खानेपानीको जोहो गर्न दुई घण्टा

नेपालले भारतीय पर्यटक आकर्षित गर्न सक्नुपर्छ

लुम्बिनी । भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालले नेपालले भारतीय पर्यटक आकर्षित गर्ने

हेटौँडामा वृद्ध दम्पती मृत फेला

हेटौंडा । मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन् । हेटौँडा उपमहानगरपालिका–१ 

लोप हुँदै वन कुकुर

काठमाडौँ । वन कुकुर (ढोँले) विश्वभर पाइने ‘क्यानिड्स’ परिवारको लोपोन्मुख स्तनधारी प्रजाति हो