मधेश प्रदेश सरकारमा कांग्रेस र एकीकृत समाजवादी सहभागी, मन्त्रीले लिए शपथ



जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरूलाई मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

मंगलबार नेपाली कांग्रेस र एकीकृत समाजवादीबाट मन्त्री नियुक्त भएका हुन् । प्रदेशस्थित कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधारमन्त्री, वीरेन्द्र प्रसाद सिंह स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता गोविन्द न्यौपाने भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेका हुन् ।

दुई/दुई वटा मन्त्रालयको माग गर्दै आएका गठबन्धनका घटक दलहरु माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी असन्तुष्ट भएका छन् ।

माओवादी केन्द्रले त सरकारलाई समर्थन यथवात राख्दै मधेस सरकारबाट बाहिरिने निर्णय समेत गरिसकेको छ । सोमबार बसेको ६ दलीय गठबन्धनमा कांग्रेसले ४, लोसपा, जनमत र माओवादी केन्द्रले दूई/दुई मन्त्रालयको प्रस्ताव गर्दा बैठक निष्कर्षविहिन भएको थियो ।

तर मंगलाबर बिहान मुख्यमन्त्रीसँगको सम्वादमा कांग्रेस र नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने सहमति जनाएपछि अन्य ३ घटक दल लोसपा, जनमत र माओवादी केन्द्र असन्तुष्ट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र ‘माइतीघर’का अभिनेता सिपी लोहनीको निधन

  काठमाडौँ ।  निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र ‘माइतीघर’ का अभिनेता सिपी लोहनीको

डढेलो तथा आगलागी प्रभावितको सहायतामा खटिन माओवादीको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले डढेलो एवं आगलागीलगायत विपद्का घटनाबाट प्रभावित

कालीकोटमा आगलागीबाट चार वर्षमा १३ जनाको मृत्यु

  मान्म (कालीकोट) । कालीकोटमा चार वर्षमा आगलागीबाट १३ जनाको मृत्यु भएको छ

भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

  टक्सार (भोजपुर) ।  भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो