रत्तिभर मन बिचलित छैन, पुस्तक लेखिरहेको छुः रेशम चौधरी



काठमाडौं । टीकापुर घटनामा सर्वोच्च अदालतबाटसमेत दोषी ठहर भएका रेशम चौधरीले आफू अझै न्यायिक पर्खाइमा रहेको बताएका छन् । डिल्लीबजारमा रहेका चौधरीले विज्ञप्ति जारी गर्दै चौधरीले अझैँ सर्वोच्च न्यायलयप्रति भरोसा रहेको भन्दै न्यायिक पर्खाइमा रहेको बताएका हुन् ।

पत्नी रञ्जितामार्फत बुधबार  जारी गरिएको विज्ञप्तिमा उनले आफूप्रति न्याय नभए पनि फैसला भने स्वीकार्नुको विकल्प नभएको उल्लेख गरेका छन् । सर्वोच्च अदालतको फैसला स्वीकार्दै पुनरावलोकनको बाटो भने खुल्लै रहेको उनले बताएका छन् ।

उनले भनेका छन्, ’मप्रति न्याय नहुन सक्छ तर, त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न । फैसला स्वीकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रो लागि खुल्ला छ। मलाई अझै सम्मानीत सर्वोच्च न्यायलयप्रति भरोसा छ। हामी अझै न्यायिक पर्खाइमा छौँ । त्यसैले सबैलाई सम्मनित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेको छु । म डिल्लीबजार कारागारमा धैर्य,सहनसिलताका साथ कैद भुक्तान गरिरहेको छु! स्वस्थ छु रत्तिभर मन बिचलित छैन, पुस्तक लेखिरहेको छु । केही दिनमा ‘धरातल’’नामक पुस्तकको साथ तपाईँ समक्ष साक्षात हुनेछु भन्दै बिदा चाहन्छु !’

मंगलबार सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको जन्मकैदको फैसला यथावत् राख्ने फैसला सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने

यसरी गरियो टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ,सन्दीप पनि सहभागी

काठमाडौँ । टी–२० विश्वकप खेल्ने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । नेपाल

राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान गर्ने ७४ इञ्जिनियर सम्मानित

काठमाडौँ । राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान गर्ने इञ्जिनियरलाई सम्मान गरिएको छ । नयाँ

सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि बझाङको अधिकांश भूभाग अँध्यारो

चैनपुर। बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि आज वायु प्रदूषणले जिल्लाको