‘मलाई आज माइती आएजस्तै लागेको छ, म धेरै खुसी भएको छु’



भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँबीच शिष्टाचार भेटवार्ता भएको छ ।

शनिबार भक्तपुरको कमलविनायकस्थित बिजुक्छेँ निवास पुगेकी राष्ट्रपति भण्डारीले खुसी व्यक्त गर्दै भनिन्, ‘मलाई आज माइती आएजस्तै लागेको छ, म धेरै खुसी भएको छु ।’

उनले क्यान्सर रोगका कारण निधन भएकी बिजुक्छेँ पत्नी शोभा बिजुक्छेँको निधनप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरिन् । भेटमा बिजुक्छेँले मानिसको जीवनलाई चाहिने अत्यावश्यक औषधि अभावमा मृत्यु हुन नपरोस् भन्नका लागि राज्य गम्भीर भएर लाग्नुपर्ने बताए । ।

उनले भने, ‘औषधिजस्तो अतिसंवेदनशील वस्तुको व्यवस्था राज्यले गर्नुपर्छ, औषधि अभाव भएर मृत्यु हुने अवस्था देशमा अन्त्य हुनुपर्छ, सरकारले अत्यावश्यक औषधि देशमै उत्पादन गर्नुपर्यो, देशलाई चाहिने औषधि उत्पादन गर्न सक्ने र अत्यावश्यक औषधिको व्यवस्था गर्न सक्ने गरी औषधि व्यवस्था विभागले काम गर्नुपर्यो ।’

विदेशमा सहजरूपमा पाइने क्यान्सरको औषधि नेपालमा ल्याउनसमेत नसक्दा औषधि अभावमै बिजुक्छेँ पत्नी शोभाको उपचारमा समस्या आएर ज्यान गएको स्मरण गरिन् । बिजुक्छेँले मानिसका लागि औषधि र कृषिका लागि रासायनिक मल उत्पादन आफ्नै देशले गर्नुपर्ने भन्दै मल उत्पादन नहुँदा कृषिमा देश पछाडि परेको बताए ।

उनले भक्तपुरको शिक्षा, कृषि, स्वास्थ्यको अवस्था र ऐतिहासिक सम्पदाको संरक्षणको अवस्थाकाबारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

भेटमा राष्ट्रपति भण्डारीले स्वास्थ्य र शिक्षाका विषयमा आफूले पनि सरोकार र चासो राखिरहेको भन्दै शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणको क्षेत्रमा भक्तपुरले गरेको काम देखेर खुसी लागेको बताइन् ।

पौने एक घण्टा बिजुक्छेँ निवासमा भएको शिष्टाचार भेटमा शिक्षा, स्वास्थ्य, कृषि र सम्पदा संरक्षणकाबारेमा कुराकानी भएको भेटमा सहभागी नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसदीय छानबिन समिति बनाउनुपर्नेमा विपक्षी दलहरु एकमत

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति

संसद बैठक दुई बजेलाई सर्‍यो

काठमाडौँ । राजनीतिक दलबीच सहमतिका लागि प्रयास जारी रहेकाले आज बिहान ११ बजेका

राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको

हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा