कञ्चनपुरमा तस्कर र प्रहरीबीच दोहोरो गोली हानाहान हुँदा एक भारतीयको मृत्यु



कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा बिहीबार साँझ तस्करी कार्यमा संलग्न भारतीय युवा र नेपाल प्रहरीबीच दोहोरो भिडन्त हुँदा भारतीय पक्षका एक युवक मारिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले नेपाल प्रहरीमाथि भारतीय तस्कर गिरोहले बेलौरी नगरपालिका– ७ पौलाहास्थित नेपाल–भारत सीमा क्षेत्रमा फायर गरेका जानकारी दिए । जवाफी फायरमा प्रहरीले चलाएको गोलीबाट भारतीय युवक मारिएका हुन् ।

मृतक अन्दाजी २५ वर्षीय भारतीय युवकको साथबाट नक्कली नोट छाप्ने मेशिन, कागजत र लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । घटनापछि नायब उपरीक्षक थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा १३ जनालाई सफाई

मकवानपुर । उच्च अदालत पाटन हेटौँडा इजलासले कृष्णप्रसाद अधिकारीको हत्याका आरोपी १३ जनालाई

जंगली हात्तीको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका–१ मा जङ्गली हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु

चितवनमा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, १९ घाइते

चितवन । चितवनको राप्ती नगरपालिका–११ आमपानीस्थित चिउँडे खोलामा आइतबार साँझ ट्याक्टर दुर्घटना हुँदा

सर्वोच्चको आदेश विपरीत पशुपति क्षेत्रमा इसाईका पक्की चिहान !

काठमाडौं । सर्वोच्च अदालतको आदेश विपरीत विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा इसाइ