सम्झना बोहोराका हत्या आरोपी २० दिनपछि सार्वजनिक



गुल्मी । रेसुङ्गा नगरपालिका–३ अन्तर्गत भाडगाउँमा २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । भाडगाउँका ४७ वर्षका लालबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालयले बिहीबार प्रहरीले सार्वजनिक गरेको हो ।

उनले गत माघ २९ गते राती आफू र सम्झनाकी सासुआमा टोमकला खत्री मिलेर उनको हत्या गरेको प्रहरीलाई प्रारम्भिक बयानको क्रममा बताएका छन् ।

घरबाट बेपत्ता भएको १७ दिनमा लालबहादुर खत्रीले बारीमा घाँस काट्न जाँदा केही गन्ध आएको भनेर प्रहरीमा खबर गरेका थिए । खोज तलासका क्रममा घर नजिकै सडेर गलेको अवस्थामा प्रहरीले सम्झनाको शव फेला पारेको थियो ।

शव फेला पारेकै दिन प्रहरीले हत्याको आशंकामा लालबहादुरलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको थियो । सम्झनाको हत्या भएको २० दिनपछि प्रहरीले हत्यामा संलग्नलाई पत्ता लगाएर सार्वजनिक गरेको हो ।

प्रहरीले लालबहादुरको नाममा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाका बारेमा थप अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । सम्झनाको हत्या के कारणले भयो र के कारणले सासुले झुण्डिएर आत्महत्या गरिन भन्ने बारेमा थप कुरा प्रहरीले अनुसन्धानपछि पुनः सार्वजनिक गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर