कामदारका नाममा नक्कली फर्म दर्ता गरी ६५ करोडको भ्याट छली गर्ने १० जनाविरुद्ध मुद्दा दर्ता



काठमाडौं । राजश्व अनुसन्धान विभागले कमजोर आर्थिक अवस्था भएका श्रमिक तथा मजदूरका नाममा नक्कली व्यावसायिक फर्म दर्ता गरी मूल्य अभिवृद्धि कर छली गरेको अभियोगमा सर्लाही धनकौल गाउँपालिका–६ का प्रदीप साहविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले मुख्य कारोबारी भनिएका साहसहित १० जनाविरुद्ध ६५ करोड २८ लाख ५२ हजार ३८२ रुपैयाँ बराबरको बिगो, जरिवाना र कैद सजायको माग गर्दै सोमबार उच्च अदालतमा मुद्दा दायर गरेको हो ।

आरकेएम ट्रेडिङलगायत १३ नक्कली फर्म कमजोर आर्थिक अवस्था भएका मजदूर तथा कामदारका नाममा दर्ता गरी सबै फर्मको बैंक खातासमेत सञ्चालन गरेको अनुसन्धानबाट पाइएको विभागले जनाएको छ ।

उनीहरुले नक्कली बिक्री बिजक जारी गर्दै आर्थिक वर्ष २०७३/७४ देखि आर्थिक वर्ष २०७५/७६ सम्म मूल्य अभिवृद्धि कर र आयकर राजश्व चुहावट गरेको पाइएको छ ।

भ्याटतर्फ २२ करोड ४९ लाख ६९ हजार ८०१ र आयकरतर्फ ३७ करोड ५८ लाख ३६ हजार ८८९ र लाभांश पाँच करोड २० लाख ४५ हजार ६९२ रुपैयाँ बराबरको चुहावट गरेको पाइएको छ । विभागले बिगोबमोजिमको रकम असुलउपर गरी जरिवाना र कैद सजायको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यकामा चार एकीकृत आइसोलेसन केन्द्र निर्माण गरिने

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको लडाईंमा जनतालाई राहत हुने गरी सङ्घीय सरकारले

टेलिकमको लकडाउन अफर

काठमाडौं । यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लासहित अधिकांश जिल्लामा निषेधाज्ञा

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर तथा प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर

सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु

सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । बुधबार