लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुखसहित पाँच जनाविरुद्ध तीन करोड ६५ लाख भ्रष्टाचार गरेको अभियोगमा मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुखसहित पाँचजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोजना प्रमुख राजकुमार श्रीवास्तव, इन्जिनीयर पाण्डवप्रसाद देव, महादेव खिम्ती मैनाचुली जेभीका प्रमुख रवि सिंह र प्रबन्ध निर्देशक मदनकुमार अधिकारी तथा सोही निर्माण कम्पनीका प्रतिनिधि सन्तोष प्रधानविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

ग्याबिन तार जालीमा घोटाला भएको पाइएको भन्दै छानबिन गर्दा अनियमितता भएको पाइएपछि आयोगले गरेको छानबिनमा तीन करोड ६५ लाख नौ हजार ४५६ रुपैयाँ बराबरको बदमासी भेटिएको हो । आयोगले आरोपी सबैलाई बिगोअनुसारको कारबाहीको माग दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु

धनुषा। धनुषामा बाली जोगाउन खेतमा जडान गरिएको विद्युतीय तारमा करेन्ट लागेर एकजनाको मृत्यु

न्याय परिषदमा तानिए आलमलाई सफाइ दिने न्यायाधीश थारु र महर्जन

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने दुई न्यायाधीश न्याय

मितेरी बचत ठगीमा कम्बोडियामा पक्राउ अभियुक्त ज्योति भण्डारीमाथि अनुसन्धान सुरु

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको

मुद्दा प्रभावित पार्न कानुनमन्त्रीले न्यायाधीशसँग कुरा गर्ने गरेको अमरेश सिंहको आरोप

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेता र न्यायाधीशहरुको कल डिटेल सार्वजनिक