दुबईको विमानस्थलमा अलपत्र परेका २६२ नेपाली काठमाडौँ आइपुगे



काठमाडौं । दुबईमा अड्किएका २६२ नेपाली उद्धार उडानमार्फत आइतबार स्वदेश फर्किएका छन् । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले काठमाडौँ ल्याएको हो ।

निगमको जहाजले दुबईबाट २६२ यात्रु र दुई बालबालिका काठमाडौँ ल्याएको निगमका अपरेशनल विभाग प्रमुख दीपु जुहार्चनले जानकारी दिए । उक्त जहाजले काठमाडौँबाट दुईब उडानमा १६४ यात्रु र एक बालक लगेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको स्वीकृतिमा निगमले काठमाडौँ–दुबईका लागि रद्द उद्धार उडान सञ्चालन गरेको हो । निगमको गत १८ अगष्टका लागि दुबईबाट काठमाडौँका लागि तय गरिएको उडान यात्रुलाई काठमाडौँमा क्वारेन्टिनको व्यवस्थापन नभएको भन्दै सरकारले स्थगित गरेको थियो । निगमको वाइडबडी जहाज दुबईबाट रित्तै काठमाडौँ फर्किएको थियो । उडानका लागि दुबई एयरपोर्टमा तयारी अवस्थामा रहेका यात्रु अलपत्र परेका थिए । उक्त दिन दुबइबाट काठमाडौँ उडानका लागि टिकट लिइसकेका यात्रुलाई आज काठमाडौँ ल्याइएको हो । हालैको मन्त्रिपरिषद् वैठकले उद्धार उडान सञ्चालन गर्न अनुमति दिएको थियो ।

नेपाल एयरलाइन्सले आइतबार दुबईबाट नेपालीको उद्धार गरी काठमाडौँ ल्याएको छ भने हिमालय एयरलाइन्सको चीनको कुनमिङमा दुई उडान हुनेछ । हिमालयका दुबै जहाज आज राति गन्तब्यतर्फ उड्ने विमानस्थलले जनाएको छ । आजै भोल्गा ड्नेपर एयरलाइन्स नागपुरबाट १७ हजार केजी कार्गो काठमाडौँ ल्याएको छ । सोमबार पनि उद्धार तथा कार्गो गरी चार अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलले उडान तालिका सार्वजनिक गरेको छ ।

विमानस्थलमा अलपत्र नागरिकलाई छाडेर जहाज रित्तै नेपाल फर्काउन आदेश दिनेहरूलाई तिनका आँशुले भत्भती पोल्ला कि नपोल्ला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
८२ घण्टासम्म भग्नावशेषमा पुरिएका ऋषि खनाल

अर्घाखाँची  । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका

विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा

अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृहको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र र रुग्ण आयोजनाको

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । शुक्रबार उपप्रधान तथा