विमानस्थलमा अलपत्र नागरिकलाई छाडेर जहाज रित्तै नेपाल फर्काउन आदेश दिनेहरूलाई तिनका आँशुले भत्भती पोल्ला कि नपोल्ला ?



काठमाडौं । नेपाली श्रमिक लिन दुबई गएको नेपाल एयरलाइन्सको जहाज गत मंगलबार रित्तै फर्कियो । स्वदेश र्फकनका लागि विमानस्थलमा आइपुगेका एक सय भन्दा बढी नेपाली स्वदेश फर्किन पाएनन् । त्यसै दिन सरकारले टर्कीको इस्तानबुलसम्म युरोप र अमेरिकाबाट आएका २०१ जना यात्रुलाई टर्किस एयरलाइन्सबाट नेपाल आउन दियो । यो घटनालाई लिएर यतिबेला सरकारको व्यापक आलोचना भएको छ । हुन त सरकारले कोभिड नियन्त्रणका सवालमा चालेका कदमको कुन चाहिं प्रसंसायोग्य काम थिए र यसको आलोचना नहुनु । किन नेपाल एयरलाइन्सको जहाज रित्तै फर्कियो त भन्ने कुरा औपचारिकरुपमा केही आएको छैन ।

तर यस विषयलाई लिएर पर्यटनमन्त्री योगेश भट्टराई र उपप्रधा तथा रक्षामन्त्री एवं सीसीएमसीका संयोजकबीच ईश्वर पोखरेलबीच ठूलै विवाद भएको बताइएको छ । विभागीय मन्त्रीलाई थाहै नदिई सीसीएमसीका संयोजक पोखरेलले नेपाली ल्याएर राख्न काठमाडौंमा क्वारेन्टाइन नभएकाले उनकै आदेशमा जहाज रित्तै फर्काइएको बताइएको छ । यस्तो आपतमा परेका नेपाली लिन गएको जहाज रित्तै फर्काउने मनोमानी निर्णय गर्नेले आफैंले पद छाडे राम्रो । यस्तो नैतिकता देखाउन त नैतिकवान हुनुपर्यो नत्र हजारौं नागरिक सडकमा उत्रेर टुँडिखेलमा चारपाटा मोडेर देश निकाला गरे नि फरक पर्दैन ।

यसरी जहाज रित्तै फर्काइएको भन्दै प्रवासी नेपालीहरुले सरकारलाई असहयोग गर्दै हुण्डीमार्फत पैसा पठाउने भन्दै आक्रोश पोखेका छन् । सत्तारुढ नेकपाकै नेता कार्यकर्ता(ओली इतरका)ले यो विषयको आलोचना गरेका छन् । नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक संजाल फेसबुकमा लेखेका छन्,‘ देशभित्र पेट पाल्न मुश्किल भएपछि विदेशिएका नागरिकहरूलाई विमानस्थलमा अलपत्र छाडेर जहाज रित्तै नेपाल फर्काउन आदेश दिनेहरूलाई कुनै दिन तिनका आँशुले भत्भती पोल्ला कि नपोल्ला ? शायद कुनै दिन यस्तै मानिसहरू पदमा पुग्लान् भन्ने सोचेको भए भूपि शेरचनले ‘घुम्मे मेचमाथि…मान्छे’ मात्रै लेखेर सन्तोष मान्ने थिएनन् होला ।’

एकजना पत्रकार सन्तोष धितालले पनि यो कदम सही नभएको भन्दै विरोध गरेका छन् । उनले लेखेका छन्, ‘नेपाल एयरलाइन्सलाई यात्रु ल्याउन नदिने तर टर्किसलाई ल्याउन दिने सीसीएमसीको निर्णय के छ यो भित्रको खेल ? यसले सीसीएमसी संयोजकको भुमिकामाथी नै प्रश्न उठाएको छ । यदि राजनीतिक संस्कार र ईमान्दारिता छ भने पटक पटक विवादमा आईसकेपछि पदीय मर्यादामा वसिरहनुको कुनै औचित्य छैन ।लुटतन्त्र’

अर्का पत्रकार निरजराज जोशीले लेखेका छन्, ‘सायद तिम्रा छोराछोरी बाकसमा फर्कने देशमा छैनन् होला । त्यसैले तिमीहरूले रगत र आँशुको पीडा बुझ्दैनौ । नत्र किन अलपत्र पाथ्र्यो र खाडीका एयरपोर्टमा देश फर्कने प्रतिक्षामा रहेका परदेशीलाई । रगत र आँशुमा साटिएको रेमिट्यान्सबाट तलब खाएर युरोप र अमेरिकामा छोराछोरी पढाउनेलाई के थाहा बाकसमा फर्केका आफन्तको मुटु भक्कानो । तिम्रो एक पुस्ताले मोज त गर्ला तर आँशुको भारी त लाग्छ लाग्छ । हैन भने एक पटक पछाडी फर्केर तिम्रै गाउँको शोसक, सामन्तको हविगत त हेर आजको दिनमा । एक वर्षको रेमिट्यान्स परदेशी नेपालीको व्यवस्थापनमा खर्च गर …सरकार । ’

हुन त यसमा मन्त्रीहरुलाई दोष दिनुको कुनै काम छैन । यसको कारण हुन् प्रधानमन्त्री केपी शर्मा ओली । ७० करोड घुसकाण्डमा मुछिएका गोकुल बास्कोटा निर्दोष भन्ने उनै ओली हुन् । अझ उनलाई त ओलीले घर रुँघ्ननै राखेका छन् पुरस्कार स्वरुप । यति ग्रुपलाई जग्गा लिजमा दिन आफैंले लगाए । यत्रो कोरोना महामारीका बेला भएको औषधि खरिद काण्डमा दिउँसै रातपार्ने गरी घोटाला भएको विषयलाई ढाकछोप गर्दै प्रधानमन्त्री हिंडेका छन् । अनि के आशा गर्नु नागरिकले चोर फटाहालाई कारबाही हुन्छ भनेर ? आखिर मूल नै खराब छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सात कोरियाली आरोहीले जुगल हिमाल आरोहण गर्ने

  सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री

हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व

स्नातक छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी

इलाम । इलामको सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले

याकमार्फत यसरी गरिन्छ सामान ढुवानी(फोटोफिचर)

सगरमाथा क्षेत्रमा याकमार्फत विभिन्न सामग्री ढुवानी गरिँदै । उच्च हिमाली क्षेत्र भएकाले यस