सुन तस्करी र जाली नोटको कारोबारमा संलग्न हुसेन अन्सारी पक्राउ



काठमाडौं । काठमाडौंमा सुन र पेस्तोलको झोला छाडेर भागेका ईल्ताफ हुसेन अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । अन्सारीलाई महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बाराको जिनगढबाट पक्राउ गरेको हो ।

साउन १३ मा सुन्धाराबाट बा.६च ५५१९ नम्बरको स्कोर्पियोबाट सुन र पेस्तोलको झोला छाडेर भागेपछि अन्सरीलााई प्रहरीले खोजिरहेको थियो । सुन्धारामा अन्सारीले चलाएको स्कोर्पियोबाट झरेका निलेश सखियाको साथबाट प्रहरीले साढे १४ किलो सुन लेपन गरेको चाँदी र दुईथान पेस्तोल बरामद गरेको थियो । सुन–चाँदी र पेस्तोल बरामद गरेको थाहा पाएपछि ललितपुरको नखिपोटमा स्कोर्पियो छाडेर ईल्ताफ भागेका थिए । बारा घर भएका ईल्ताफ भारतीय जाली नोट कारोबारीका नाइके पनि हुन् ।

जिल्ला अदालत ललितपुरले ०६७ जेठ २६ मा ईल्ताफलाई ३ बर्ष कैद र २ करोड ६१ लाख जरिवाना हुने फैसला गरेको थियो । फैसलाको पाँच बर्षपछि ०७२ जेठ ३० मा उनी सातदोबाटोबाट पक्राउ परेका थिए । जेलबाट छुटेपछि उनी सुन तस्करीमा सिफ्ट भएको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘सीमा समस्या मिलेर समाधान गरौँ, यो सन्देश भारतीय प्रधानमन्त्री मोदीलाई लगिदिन म आग्रह गर्दछु’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउँदै

गृह मन्त्रालयद्वारा बर्दिबास गोलीकाण्डको छानविन गर्न समिति गठन

काठमाडौं । गृह मन्त्रालयले महोत्तरीको बर्दिबासमा बालिका हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले

भ्याक्सिन आमरुपमा उपलब्ध भए भारतले सवैभन्दा पहिले नेपाललाई प्रदान गर्ने

काठमाडौं । कोरोनाको उपचारका लागि भारत सरकारले नेपाललाई २ हजार थान रेमडेसिभिर इन्जेक्सन

हाम्रो मैत्रीपूर्ण सम्बन्धलाई अझ अघि बढाउन म नेपाल आएको हुँ: विदेशसचिव श्रृङ्गला

काठमाडौं । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक